काठमाडौँ /
हुम्लाको अदानचुली गाउँपालिकामा वर्षासहितको बाढीले क्षति पुर्याएको छ। बाढीले पसल घरहरूमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। बाढीमा पुरिएर २७ बाख्रा मरिसकेका छन् भने २९ वटाको उद्वार गरिएको छ। बाढीमा परेर २५ बाख्रा हराएको छ । अदानचुलि गाउँपालिका(३ का आइते बुढाको गोठ भत्किँदा बाखा मरेका हुन्।१० भन्दा बढि घर पसलमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी शंकर पोखरेले जानकारी दिएका छन्।