काठमाडौं /
पदाधिकारीको बैठकपश्चात प्रवक्ता प्रकाशशरण महतले विरोध गर्नु प्रतिपक्ष दलको धर्म भएपनि नेपाली कांग्रेसले माओवादी केन्द्रसहित प्रतिपक्ष दलले भनेको आधारमा सरकार बन्ने र भत्किने नहुने बताएका हुन्।बैठकमा एमाले र कांग्रेसबीचको गठबन्धनमा समन्वय र तालमेल गरेर अगाडि सुझाव प्राप्त भएको बताए। सरकारले जनतामा डेलिभरी राम्रो दिनुपर्ने र गठबन्धन दलबीच समन्वय र सन्तुलन कायम राखेर अगाडि बढ्नेबारे छलफल भएको उनको भनाई छ। ‘सरकारले डेलिभरी दिन सक्नुपर्छ, तालमेल राम्रो मिल्नुपर्छ भन्ने कुरा उठेको छ। त्यो सम्बन्धमा नेतृत्व तहले कुराकानी गरिरहेको छ। सुधार आवश्यक भएको ठाउँमा थप समन्वय गर्नुपर्छ भन्ने कुरा आएको छ।