पछिल्लो १३ दिनमा झन्डै ६० हजार अफगानी नागरिक आफ्नै देश फिर्ता

Everest Fuji News २०८२ बैशाख ४ मा प्रकाशित       Published at 2025 Apr 17


सिन्ह्वा/


पाकिस्तानले पछिल्लो १३ दिनमा झन्डै ६० हजार अफगानी नागरिकलाई आफ्नै देश फिर्ता पठाएको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन आईओएमले जानकारी दिएको छ । सन् २०२३ सेप्टेम्बरयता पाकिस्तान र इरानबाट झन्डै २४ लाख ३० हजार अफगान नागरिक फर्किसकेका छन् जसमा धेरैजसो बाध्य भएर फर्कनुपरेको आईओएमका अधिकारीलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।पाकिस्तान सरकारले सन् २०२५ मा झन्डै ३० लाख अफगानी नागरिकलाई फिर्ता पठाउने योजना बनाएको छ ।

आईओएमका अनुसार सन् २०२५ को अप्रिल १ देखि १३ तारिखसम्म टोरखम र स्पिन बोल्डक नाकाबाट अफगानी नागरिक देश फर्किएका छन् ।आईओएमले जबरजस्ती फिर्ता पठाइएका व्यक्तिको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको जनाएको छ ।




प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.