सुनसरीको श्रीपुरमा ४२ घरमा आगलागी, पुरै बस्ती खरानी

Everest Fuji News २०७३ चैत्र ३१ मा प्रकाशित       Published at 2017 Apr 13


सुनसरी । सुनसरीको कोशी गाउँपालिका–५ को श्रीपुर मल्दैया टोलमा भएको आगलागिमा परी ४२ घर जलेर नष्ट भएका छन् । बिहीबार मध्यान्ह मनरु मियाँको घरमा खाना पकाउँदा फुसको घरमा आगो सल्किएपछि आगलागी सुरु भएको हो । बाक्लो बस्ती र फुसका घर भएका कारण ५ वटा दमकलले प्रयास गर्दा पनि नियन्त्रणमा आउन सकेको छैन । प्रहरी उपरिक्षक पोषराज पोखरेललका अनुसार धरान, विराटनगर, राजविराज, इनरुवा र इटहरीबाट गएका दमकलले प्रयास गर्दा पनि आगो नियन्त्रणमा आएको छैन । पाखरेलका अनुसार पुरै गाउँ नै सखाप भएकाले अब आगो अन्त लाग्ने अवस्था भने नरहेको उनले बताए । कति क्षति भयो भन्ने विवरण यकिन हुन सकेको छैन ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.