Everest Fuji News२०७३ चैत्र २९ मा प्रकाशितPublished at 2017 Apr 11
काठमाडौंः काठमाडौंको बौद्धमा ‘गुन्डा नाइके’ दावा लामामाथि गोल प्रहार भएको छ।
मंगलबार बिहान ९ बजेर २० मिनेट जाँदा बौद्धमा रहेको दिव्या पार्टी प्यालेसको गेटअगाडि काभ्रेका लामामाथि गोली प्रहार भएको काठमाडौं प्रहरी प्रमुख एसएसपी छविलाल जोशीले जानकारी दिनुभयो। लामा विहान दिव्या पार्टी प्यालेसमा रहेको हेल्थ क्लबमा जाँदै थिए। हेल्थ क्लब जाँदै गरेका लामामाथि गेटमै अपरिचित व्यक्तिले गोली प्रहार गरेको जोशीले जानकारी दिनुभयो।
‘गुन्डा नाइके’ लामा एक महिनाअघि मात्रै जेलबाट छुटेका थिए। घाइते लामालाई उपचारका लागि नेपाल मेडिकल कलेज अत्तरखेलमा भर्ना गरिएको छ। गोली प्रहारको घटनाबारे प्रहरीले थप अनुसन्धान सुरु गरेको छ।