तस्करले मारे भाले गैंडा

Everest Fuji News २०७३ चैत्र २६ मा प्रकाशित       Published at 2017 Apr 08


काठमाडौं । चितवन निकुञ्जको मध्यवर्ती क्षेत्रमा शिकारीले भाले गैंडा मारेका छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार टाइगरल्यान्ड होटलबाट ५ किलोमिटर पश्चिमस्थित बेलहट्टामा हतियार प्रयोग गरी गैंडा मारिएको छ । गैंडा मारिएको खबरपछि प्रहरीले खानतलासी सुरु गरेको छ । शिकारीले मारेको गैंडाको खाग र पुच्छर लगेका छन् । चोरी शिकारी शून्य वर्ष मनाउन सुरु गरेको तेस्रो वर्ष पुग्नै लाग्दा तस्करले गैंडा मारेका हुन् ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.