रामबहादुर बम्जन अहिले ठाउँ ठाउँमा प्रवचन दिदै हिडिरहेका छन् । मैत्री धर्मका गुरु बताउने बम्जन आफूले परमात्मालाइ भेटेको र सबै धर्मका भगवानहरुले भन्दा आफुले धेरै ज्ञान हासिल गरेको दावी गर्दै आइरहेका छन् भन्छन– संसारको सबै धर्मका भगवानभन्दा आफू ठूलो हुँ । यसको स्वतन्त्र पुष्टी हुँन सकेको छैन र सक्दैन पनि यो उनको दावी हो । संसारमा भएको दुःखको प्रमुख कारण भनेको हाम्रा मरेर गएका पूर्वजहरू हुन् भन्ने बम्जन अहिले प्रवचन मार्फत ज्ञान बाँडिरहेको छन् ।
रामबहादुर बम्जन अहिले ठाउँ ठाउँमा प्रवचन दिदै हिडिरहेका छन् । मैत्री धर्मका गुरु बताउने बम्जन आफूले परमात्मालाइ भेटेको र सबै धर्मका भगवानहरुले भन्दा आफुले धेरै ज्ञान हासिल गरेको दावी गर्दै आइरहेका छन् भन्छन– संसारको सबै धर्मका भगवानभन्दा आफू ठूलो हुँ । यसको स्वतन्त्र पुष्टी हुँन सकेको छैन र सक्दैन पनि यो उनको दावी हो । संसारमा भएको दुःखको प्रमुख कारण भनेको हाम्रा मरेर गएका पूर्वजहरू हुन् भन्ने बम्जन अहिले प्रवचन मार्फत ज्ञान बाँडिरहेको छन् ।

आफ्नो मृत्यु पछी मुक्ति नपाएर आत्मा भएर हाम्रो वरिपरी घुमिरहेको र उनीहरुले मुक्ति पाउन नसकेको कारण हाम्रो शरिरमा प्रबेश गरेको उनको दावी रहँदै आएको छ । हाम्रो शरिर त्यही आत्माको निर्देशन अनुसार चल्ने गर्दछ र हाम्रो शरिरमा नराम्रा विचारहरु उत्पन्न हुने तथा तिनलाई मुक्ति दिन नै अहिले मैत्री धर्मका गुरुले शान्ति पुजा गरिरहेको उनी र उनका समर्थकहरुले दावी गर्दै आइरहेका छन् । जसले गुरुसँग आशिर्बाद थाप्छ उसको परिवारका मुक्तिको पर्खाइमा रहेका आत्माहरुले मुक्ति पाउ्रँछन भन्ने यस धर्मको भनाई छ । जब संसार यस्ता मुक्ति नपाएका आत्मारहित हुन्छ, सबैको मनमा शान्ति छाउँछ, सबै सत्यको बाटो मा हिडन्छन र स्वत रुपमा सत्य युग आउने दावी उनीहरुको छ । यही कुरालाई आस्थाका साथ उनलाई भेटन दैनिक सयौं मानिसहरु ललितपुरको चुनिखेल पुगे । चैत ८ गतेदेखि २० गतेसम्म उनीसँग भेटेर आर्दिवाद लिनेहरुको भीड नै लाग्यो । जताततै निलो र सेतो रंगका झण्डा फहराएर उनले समर्थकहरुलाई आर्दिवास दिए ।
किन लाग्छन् बम्जनका पछाडि मानिसको भीड ?
वाराको रतनपुरीमा तपस्या गरेदेखि नै रामबहादुर बम्जनका पछाडि मानिसहरुको भीड लागेको थियो । र, झन् पछि झन् यो भीड बढेर गएको देखिएको छ । सर्वसाधारण मात्रै होइन राजनीतिज्ञ, समाजका प्रतिष्ठित व्यक्तिहरुदेखि सर्वसाधारण नागरिक पनि उनको प्रवचनमा पुग्ने गरेका छन् । त्यस मध्ये एक पात्र हुन् पूर्व स्वास्थ्य राज्यमन्त्री मणी लामा । लामाका अनुसार उनको विवाह भएको धेरै समयसम्म पनि उनको बच्चा भएन । स्वस्थ्य राज्यमन्त्री भएकाले उनलाई उपचारमा कुनै समस्या थिएन । उनले स्वदेश तथा बिदेशमा धेरै डाक्टरहरुलाई चेक जाँच गराए पनि तर कतैबाट पार नलागेपछि उनी बम्जनकाम पुगे । बम्जनसँग आशिर्बाद लिएको एक महिना पश्चात श्रीमती गर्भवती भएको उनले बताए ।
बम्जनकै कृपाबाट उनका एकैपटक तीन ओटा बच्चाको जन्म भयो जन्मेका मध्ये एकको २२ दिनको दिन मृत्यु भएको र बाँकी दुई छोराछोरी अहिले एकदम स्वस्थ रहेको उनले बताए । बषौँ देखी पुरा नभएको मनोकांक्षा बम्जनसँगे भेटेपछि पूरा भएकाले आफु बम्जनबो मार्गमा हिडेको लामाले बताए । उनी मात्रै होइन निक्कै ठूलो भीड उनलाई भेटन लालयित भएको देखिन्छ । र, चार पाँच घण्टा लाइनमा बसेर भेट्नेहरु पनि प्रशस्त देखिएका छन् र उनीहरुले फरक फरक अनुभव हामीलाई सुनाए ।
विदेशी नागरिकको पनि आकर्ष
अझ अचम्म त के छ भने बम्जनको मैत्री धर्ममा स्वदेश मात्र होइन विदेशी नागरिकको पनि उत्तिकै चाख रहेको पाइएको छ । हामी शनिवार उनले प्रवचन दिएको ललितपुरको चुनिखेल पुग्दा विदेशी नागरिकहरु पनि उनलाई भेट्न र उनको प्रवचन सुन्न उस्तै लालयित देखिए । विभिन्न २२ देशका विदेशीहरु नागरिकहरु यहाँ आएको आयोजकहरुले बताएका छन् । उनीहरुले बिभिन्न माध्यमबाट मैत्री धर्मको बारेमा जानकारी पाएको र भित्री मन देखी नै यस धर्मलाई अपनाउन मन लागेको आएको बताएका छन । यो धर्ममा केही कुरा प्राप्तीका लागि नभएर शान्ति र मोक्षको लागी लागेको उनीहरु बताउँछन् ।
के हो मैत्री धर्म र के चाहन्छन् बम्जन ?

रामबहादु बम्जनले नै उनका अनुयायीहरुलाई बताए अनुसार मैत्री देवले ३५ हजार बर्ष भित्रमा ४ पटक पृथ्बी मा जन्म लिइसकेका छन् । पहिलो पटक बोधी श्रवण र महिमाको रुपमा जन्म लिएको र उनीहरु दुई दिदिबहिनीले धैरै बुद्ध, र बिभिन्न शक्तिबान सन्तानलाई जन्म दिएका थिए । जसले दुष्ट शक्तिको सर्बनास गरी सबैको भलो गरेका थिए । दोस्रो पटक बुद्धले ज्ञान प्राप्त गरेको बेला बुद्धलाई दर्शन मात्र दिएर गएका थिए । तेस्रो पटक जलिरहेको शबको धुवाँमा मैत्री देवले आफ्नो अबतार बम्जनलाई दर्शन दिएर ध्यानमा जानको लागि प्रेरित गरेका थिए । त्यस पश्चात बम्जन ध्यानमा गए र जङ्गलमा आगो लागेको बेला उनको शरिरको सबै बस्त्र जलेर नस्ट भयो तर बम्जनलाइ केही भएन । त्यही समयमा मैत्री देव चौथो पटक पृथ्बीमा आएको र मैत्री देव बम्जनमा लिप्त भएको र बम्जन मैत्री देवमा लिप्त भएको लामाको भनाइ छ । त्यसपछि मैत्री देवले बम्जनलाई सृष्टिको बारेमा आफुले जानेको जती सबै कुरा सिकाए । तर बम्जनले राखेका सबै प्रश्नको जवाफ दिन नसकेपछि उनले बम्जनलाई सिधै परमात्माकोमा पठाइदिएको उनले बताएका छन् । परमात्माले उनलाई अब पृथ्बीको प्रलय हुन गइरहेको उनले बताउँदै आएका छन् । त्यसपछि बम्जनले परमात्मालाई प्रलय नगर्न आग्रह गरी यहाँ धर्म र शान्ति ल्याउने काम आफुले गर्ने बताएपछि त्यसको जिम्मा परमात्माले बम्जनलाई दिएर पठाएको उनले दावी गर्दै आएका उनका अनुयायीहरुले हामीलाई बताए । जसले गरुको दर्शन गर्छ उसको शरिरमा भएको आत्माले मोक्ष पाउँछ र उसको परिवारमा शान्ति छाउँछ भन्ने कुरा यस धर्मका अनुयायीहरुमा बिश्वास गर्छन् ।बम्जनले विश्वमा फैलाउन खोजेको ज्ञान के हो भन्ने विषयमा उनी आफू पत्रकार सँग बोल्न चाहँदैनन । उनले दिएको प्रबचन सुनेर ,उनका अनुयायीहरुले भने अनुसार विश्वमा एक मैत्री भाषा, एक मैत्री धर्म, एक मैत्री संस्कृति, मैत्री लिपी बनाउने हो । र यस धर्मका गुरु उनको यो ज्ञानलाई बिश्वभर फैलाएर संसारका सबै मानिसहरुलाई मोक्ष दिन चाहेको उनका अनुयायीहरु बताउँछन् ।
उनले संसारमा दुई जात रहेको बताउँदै आएका छन् ः पशु र मनुष्य । र, अहिलेको संसारलाई हेर्ने उनको आफ्नै छुट्टै दृष्टिकोण रहेको छ । आफ्नो परिवार आफन्त आदि सबैलाई त्यागेर उनी सांसारिक खुसीको प्राप्तिका बाटोमा हिडेका बम्जनले अहिले मैत्री धर्मको वकालत गर्न थालेका छन् । विश्वमा धेरै देशबाट उनलाई शान्ति पुजाको लागि निमन्त्रण आइरहेको आयोजकहरुको दावी छ । उनीलाई भेट्न र दुई सेकेण्डको दर्शन प्राप्त गर्नको लागि कम्तीमा पाँच घण्टा लाइन बस्नु पर्ने स्थिती छ ।
को हुन् बम्जन र कसरी भए प्रख्यात ?
गुरु राम बहादुर बम्जनको जन्म बारा जिल्लाको रतनपुरी ५ मा भएको हो । उनी १४ बर्षको उमेरमा तपस्या गर्न भनी घरबाट हिडेका थिए । केही समय पछि बारा कै एक जङ्गलमा तपस्या गर्दै गरेको अवस्थामा उनलाई भेटिएको थियो । र फेरी एक्कासी हराएका थिए । २०६२ सालदेखि ६ बर्षसम्म उनले तपस्या गरेको उनका समर्थकहरुको दावी छ । उनी शान्त स्थान खोज्दै कहिले सर्लाही, सिन्धुली, चितवन,सिन्धुपाल्चोक, लमजुङ लगायतका जिल्लामा पुगिसकेको छन् । वारामा तपस्या गरेदेखि नै उनी चर्चामा आएका थिए र त्यसयता उनी निरन्तर चर्चामै छन् । उनी पटक पटक हराउने र भेटिने गरेका छन् ।
राम बहादुर बम्जनलाई रामबहादुर बम्जनका अनुयायीहरु सर्बज्ञ माहासम्बोधी गुरु भनेर सम्बोधन गर्दछन् । उनले दिने भनाई वा वचनलाई पनि स्ववचन वा देशना भन्ने गरिन्छ किनभने प्रवचन भनेको अरुले भनेको वा लेखेको कुरालाई ब्याख्या गर्नु हो । तर उनले दिने वचन बाणीहरु उनी आफैँद्धारा रचित भएकोले उनको वचनहरुलाइ स्ववचन वा देशना भनिएको समर्थकहरु बताउँछन् । पटक पटक विवादमा समेत तानिएका बम्जन अहिले मैत्री धर्मलाई संसार माझ पु¥याउने अभियानमा छन् ।
समाचार स्रोत: news 24
https://youtu.be/WCvCDgK3gsg