उपत्यकामा दैनिक हजार सवारी ट्राफिकको कारबाहीमा

Everest Fuji News २०७३ चैत्र २५ मा प्रकाशित       Published at 2017 Apr 07


काठमाडौं । उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने दैनिक एक हजारभन्दा बढी सवारीसाधन कारबाहीमा पर्ने गरेका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको तथ्याङ्कअनुसार लेन अनुशासन, जथाभावी सवारी पार्किङ, मादकपदार्थ सेवन, बिनालाइसेन्स सवारी चलाउनेलगायत शीर्षकमा दैनिक एक हजारभन्दा बढी सवारी कारबाही हुने गरेको हो।

महाशाखाका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले दैनिक दुई हजारभन्दा बढी सवारीसाधन जाँच गर्ने र एक हजारभन्दा बढी सवारीसाधनलाई कारबाही गरिएको बताए। उनले लेन अनुशासन, मापसे, लाइसेन्स जाँच, जथाभावी सवारी पार्किङलगायत कामलाई कडाइका साथ जाँच गरेपछि दुर्घटनामा केही कमी आएको बताए ।

महाशाखाले ट्राफिक नियम उल्लङ्घन गर्नेलाई अवस्थाअनुसार रु पाँच सयदेखि एक हजार पाँच सयसम्म जरिवानाका साथै एक घन्टा ट्राफिक जनचेतना कक्षा लिने गरेको छ । लेन काटेको सवारीसाधन भाग्न खोजे विभिन्न क्यामराका माध्यमबाट फोटो खिच्ने र कारबाहीको दायरामा ल्याउने गरेको छ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.