आज चैते दशैं, शक्ति पीठमा भीड

Everest Fuji News २०७३ चैत्र २२ मा प्रकाशित       Published at 2017 Apr 04


काठमाडौं । आज चैत शुक्ल अष्टमी, अर्थात हिन्दूहरुको पर्व चैते दशैं । देवीको पूजा र उपासना गर्दै मनाईंदै छ । असुर शक्तिमाथि दैवीशक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रुपमा हिन्दूहरुले वर्षको दुईपटक दशैं मनाउने गरेका छन् । असोजमा मनाइने दशैंलाई बडादशैं र चैतमा मनाइनेलाई चैते दशैंका रुपमा चिनिन्छ । यद्यपि, असोजमा जस्तो धुमधामका साथ चैते दशैं मनाउने गरिएको छैन । चैतमा अष्टमीको दिनलाई दशैं भनेर हिन्दूधर्मालम्बीहरुले रमाइलो गर्छन् । दशैंमा घर–घरमा तथा देवीका मन्दिरमा देवीभागवत, कालिका पुराणलगायत स्तोत्र पाठ गरिन्छ । वर्षको दुईपटक चैत र असोजमा गरिने दुर्गापूजाको महत्वबारे शास्त्रमा वणिर्त छ ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.