धुर्मुस–सुन्तली फाउन्डेसनलाई दुई करोड बराबरको सहयोग

Everest Fuji News २०७३ चैत्र २१ मा प्रकाशित       Published at 2017 Apr 03


महोत्तरी । एकिकृत नमुना मुसहर बस्ती हस्तान्तरणको अन्तिम चरणमा पुग्दा धुर्मुस–सुन्तली फाउन्डेसनलाई दुई करोड रुपैया बराबरको सहयोग प्राप्त भएको छ। ‘एसोसिएसन अफ नेप्लिज इन मिनेसोटा’ संस्थाले बस्ती निर्माणमा आर्थिक अभाव नहोस् भन्दै २ करोड १० लाख रुपैया सहयोग प्रदान गरेको हो। सहयोग हस्तान्तरणका लागि अनील रायमाझी र स्विटी सिंह श्रेष्ठ महोत्तरीस्थित निर्माणस्थलमै पुगेका थिए। उनीहरुले धुर्मुस सुन्तलीको कामबाट प्रभावित भएको भन्दै धुर्मुस–सुन्तलीलाई सहयोग गरे रकम दुरुपयोग नहुने भएकाले सहयोग गरेको बताए। एसोसिएसन अफ नेपाली ईन मिनेसोटालाई सन् २००३ अमेरिकाको मिनेसोटा राज्यमा बसोवास गर्ने नेपालीहरुको समुहले नेपाली कला र संस्कृतिलाई जोगाउनका लागि स्थापना गरेका थिए। संस्थाले भुकम्प पछाडी दुखमा परेका नेपालीहरुलाई सहयोग गरिरहेको छ ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.