Everest Fuji News२०७३ चैत्र २१ मा प्रकाशितPublished at 2017 Apr 03
मुग्लिन– नारायणघाट सडक खण्डको घुमाउने भन्ने ठाउँमा सुख्खा पहिरो जाँदा केही सवारी साधन पुरिएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मुग्लिनबाट ११ किलोमिटर टाढा घुमाउनेमा बिहान पौने ११ बजे सुख्खा पहिरो खसेको थियो। ‘हामीले २ जना घाइतेको उद्धार गरेर अस्पताल पठाएका छौं,’ घटनास्थलमा रहेका चितवन प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले भने, ‘एउटा ट्यांकर, ट्रक, मिनिटाटा, कार र केही मोटरसाइकल पहिरोमा पुरिएको भनिएको छ, हामी उद्धारमा खटिरहेका छौं।’
पहिरोमा कति सवारी र मानिस पुरिएका छन् भन्ने एकीन भइसकेको छैन। अहिले पहिरो खस्न रोकिएको उनले जानकारी दिए।