बंगालको जलवास्पयुक्त हावाले मौसम बदली, हल्का वर्षाको सम्भावना

Everest Fuji News २०७३ चैत्र १९ मा प्रकाशित       Published at 2017 Apr 01


काठमाडौं । बंगालको खाडीबाट आएको जलवास्पयुक्त हावाका कारण बदली भएको मौसम अझै केही दिन जारी रहने विज्ञहरुले बताएका छन् । उक्त जलवास्पयुक्त हावाको साथै पश्चिम बंगाल, भारतको बिहार र नेपालको पूर्वी भेगमा न्यूनचापीय क्षेत्रको विकास भएका कारण मौसम बदलीसँगै विभिन्न भेगमा वर्षा गराएको मौसमविद् वरुण पौडेलले राससलाई जानकारी दिए । ‘यो केही दिन रहन्छ, काठमाडौं उपत्यकासहित पूर्वी र मध्यभेगमा दिउँसो र साँझपख हल्का वर्षात् हुने सम्भावना छ, पश्चिमी भेगमा कुनै समस्या छैन’–उनले भने । यसअघि, पश्चिमी वायु र स्थानीय वायुको समिश्रणले साता दिन बढी मौसम बदलीसँगै देशका पूर्वी र मध्यभेगका विभिन्न स्थानमा वर्षा भएको थियो । मौसम पूर्वानुमान महाशाखाकाअनुसार शनिबार काठमाडौंको अधिकतम् तापक्रम २८ र न्यूनतम् १६ डिग्रिसेल्सियस रहेको छ । रासस


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.