महानगरको महत्वाकांक्षी योजना: पर्यटकलाई स्काईबस, सडक सफा गर्न ब्रुमरको प्रयोग

Everest Fuji News २०७३ चैत्र १८ मा प्रकाशित       Published at 2017 Mar 31


काठमाडौं । काठमाडौं महानगरपालिकाले तत्काल सुधार गर्ने गरी ३० बुँदे कार्ययोजना सार्वजनिक गरेको छ । यसमा पर्यटकलाई स्काई रेल चलाउने देखि सडक बढाउर्ने ब्रूमर किन्नेसम्म छन् । महानगरका प्रमुख तथा कार्यकारी ईश्वरराज पौडेलले शुक्रबार कार्यक्रमकाबीच बीच ३५ बुँदे कार्ययोजना सार्वजनिक गरे । उपप्रधानमन्त्री तथा स्थानीय विकासमन्त्री कमल थापा उपस्थित कार्यक्रममा पौडेलले काठमाडौंका पर्यटकीय स्थलहरुलाई समेटेर स्काई बस सञ्चालन गर्ने बताए । यसका लागि पर्यटन ब्यवसायीहरुसँग छलफल तथा सहकार्य थाल्ने उनको भनाइ छ । त्यसैगरी महानगरपालिकाले आफ्ना सेवाहरुलाई चुस्त, पारदर्शी र सेवाग्राही मात्रै बनाउने योजना पनि बनाएको छ । सफाइमा केन्द्रित योजना महानगरपालिकाले सडकमा धुलो जम्ने र त्यसले धेरै प्रदुषण हुने समस्या समाधानका लागि ६ महिनाभित्र १० वटा धुलो बढार्ने ब्रूमर मेसिन पनि किन्ने भएको छ । सडक सफाईको तालिका बनाएर काम गर्ने योजना काठमाडौं महानगरले सार्वजनिक गरेको छ । सफाइ कामदारहरुलाई भित्रि शहरी क्षेत्रमा पनि खटाइने भएको छ । यसका लागिद उनीहरुलाई छुट्टै पोशाकको ब्यवस्था गरी सफाइ अभियानलाई अघि बढाइने पौडेलले बताए । अब काठमाडौं महानगरका सबै विभागमा रेपिड रेस्पोन्स टिम गठन हुनेछन् । जसले जनचासो र गुनासोहरुलाई सम्बोधन गर्नेछ । त्यसैगरी महानगरका सबै अधिकृत र विभागीय प्रमुखलाई ३ सिफ्टमा नै सेवा प्रवाह सुधारका लागि काम गर्न लगाउने योजना कार्यकारी पौडेलले सार्वजनिक गरेका छन् । वडा कार्यलयहरुको सेवा सुधारका लागि पनि काम सुरु हुने उनले बताए । ब्याकुल माइला ‘विकास दूत’ महानगरले राष्ट्रियगानको सर्जक ब्याकुल माइलालाई महानगरले विकास दूत नियुक्त गर्ने भएको छ । यसमार्फत विकास दूत माइलाले महानगरको विकासका लागि प्रवर्द्धनात्मक रे चेतनामुलक कामहरु गर्नेछन् । महानगरका मुख्य क्षेत्रमा ठूला रुख रोप्न र अनावश्यक ठाउँबाट उखेल्न ५ थान ट्री ट्रान्सप्लान्टर मेसिन पनि खरिद गरिने भएको छ । यसले विकासका काम गर्दा रुख काट्नुपर्ने छैन, उखेलेर अन्तै लगेर सार्न सकिनेछ । घरको निर्माण इजाजत फिल्डबाटै महानगरले घर निर्माण इजाजतका लागि फिल्ड निरीक्षण बढाउने र ३००० बर्गफिटसम्म बन्ने घरको निर्माण इजाजत फिल्डबाटै दिने ब्यवस्था पनि गर्ने भएको कार्यकारी पौडेलले बताए । ५००० बर्गफिटभन्दा ठूलो जमिनमा निर्माणधीन घरबारे महानगरको प्राविधिकको विवरणसहित डिस्प्ले बोर्ड राख्ने निर्णय पनि गरेको छ । तीनकुने क्षेत्रलाई दुबो रोपेर हरियाली गराउने, सडकमा निर्माण साम्री राख्न नदिन नगर प्रहरीलाई परिचालन गर्ने, सार्वजनिक सम्पत्ति, जग्गा, नदी उकास, सम्पदा समेतको लगत अद्यावधिक र संरक्षण गर्ने, भवन निर्माण इजाजतमा विचौलिया हटाउने र अनियमितता घटाउने लगायतका योजना पनि सार्वजनिक भएको छ । यसैगरी करको दायरा बढाउन प्रत्येक करदाताको पहिचानका लागि फारामको प्रयोग गर्ने निर्णय पनि महानगरले गरेको छ । डाटा बेस तयारीका लागि स्नातकोत्तर तह (व्यवस्थापन)का विद्यार्थी परिचालन गर्ने, ठूला करदाता पहिचान गरी ट्याक्ट पेयर्स प्रिभिलेज काउन्टरको छुट्टै व्यवस्था गर्ने, यातायात कार्यालयहरुमा रहेका महानगरका काउन्टरलाई हरुलाई रिर्फम गर्ने योजना पनि आएको छ । घरको सडकबाट देखिने भागमा प्लाष्टर र रंगरोगन यसैगरी महानगरपालिकाले निजी घर, व्यापारिक भवनका अगाडिका भागमा फोकस लाइट राख्न लगाउने भएको छ । एउटै सडक वा गल्लीमा बनेका घरहरुमा एकै प्रकारको रंग लगाउन प्रोत्साहन गर्ने कार्यक्रम सञ्चालन गर्ने र सडकबाट देखिने भागमा प्रत्येक घरधनीहरुलाई प्लाष्टर र रंगरोगन गर्न लगाउने योजना पनि महानगरले ल्याएको छ । मुल सडकसँग जोडिएका शाखा सडकको पहिलो खण्ड पीच गर्दै जाने योजना पनि महानगरपालिकाले सार्वजनिक गरेको छ । पहिलो चरणमा ३० मिटरदेखि ५० मिटरखण्डसम्म पीच गर्दै धुलो/हिलो मुल सडकमा आउने सोर्स घटाउँदै जाने, मुल सडकसँगै जोडिएका स्थानमा भएका ग्यारेज, वर्कसप, गोदाम, पार्किङ्ग वा अन्य संरचना भएका स्थानबाट सोझै सवारी आवत-जावत गर्दा त्यस्ता स्थानको धुलो र हिलो बाहिर आएको छ भने त्यसलाई सुधार्न प्रत्येक व्यवसायीलाई ब्लोक बिछ्याउन वा ढलान गर्न र धुलो सील गर्न लगाउने निर्णय भएको छ । सार्वजनिक नीजि साझेदारीको मोडलबाट काठमाडौंभित्र २०० देखि ३०० ठाउँमा इन्फरमेशनसहितको लोकेशन म्याप र सडक साइन बोर्ड राख्ने योजना पनि छ । ४२ वटा सार्वजनिक शौचालयहरु थप गर्ने योजना पनि सार्वजनिक भएको छ ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.