२३ तलाबाट खसेर एक नेपाली युवाको मृत्यु

Everest Fuji News २०७३ चैत्र ११ मा प्रकाशित       Published at 2017 Mar 24


मलेसिया । मलेसियाको पुत्राजयस्थित निर्माण हुँदै गरेको २३ तले अग्लो भवनबाट खसेर एकजना नेपाली युवाको ज्यान गएको छ । त्यहाँको एन्टिकरप्सन कमिसन बिल्डींगबाट खसेर नेपाली युवा ३१ वर्षीय भीमबहादुर कटुवालको शुक्रबार बिहान करिब ८.५० बजे ज्यान गएको हो । स्थानीय समाचार पोर्टल द स्टार डट कम डट माईले जनाएअनुसार भीम तल काम गरिरहेका बंगलादेशी सहकर्मीमाथि खसेका थिए । उनको टाउकोमा गम्भीर चोट लागेको थियो । प्रहरीले उनी १७ या २३ तला माथिबाट खसेको हुनसक्ने अनुमान गरेको छ । उनको नेपालस्थित ठेगाना खुलाइएको छैन । घटनामा ४५ वर्षीय बंगलादेशी कामदारको दाँया हात भाँच्चिएको जनाइएको छ ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.