स्वर्गद्धारी जाँदै गरेको जिप दुर्घटनाका मृतकको सनाखत, एकै परिवारका ४ को मृत्यु

Everest Fuji News २०७३ चैत्र ११ मा प्रकाशित       Published at 2017 Mar 24


प्यूठान- प्यूठानमा जिप दुर्घटनामा मृत्यु हुनेको सनाखत भएको छ । मृत्यु हुने सबै ललितपुर–१४ टिकेदेवलका हुन् । दुर्घटनामा एकै परिवारका ४ जनासहित ६ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी गराए । उनका अनुसार ४० वर्षीया पदमा बस्नेत, २२ वर्षीया दिया बस्नेत, ४५ वर्षीया दिनेश बस्नेत, १३ वर्षीया दीक्षा बस्नेत, २४ वर्षीया सृष्टि बराल र ५२ वर्षीय सुनिता श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनामा तीनजना गम्भीर घाइते भएका छन् । सोही ठाउँका गाडी चालक २१ वर्षीया सरोज घले, सुशीला बराल र अम्बिका गजुरेल घाइते भएको प्रजिअ पौडेलले जानकारी गराए । घाइतेलाई प्राथमिक स्वास्थ्य केन्द्र भिंगृमा उपचारपछि थप उपचारका लागि बुटवल पठाइएको छ । शुक्रबार बिहान काभ्रेको बनेपाबाट प्यूठान स्वर्गद्धारी जाँदै गरेको बा १ च १५६१ नम्बरको जिप भिंगृको रुमालेमा दुर्घटना भएको हो । जिप सडकबाट करिब २ सय मिटर तल खसेको छ ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.