जिप पल्टिँदा ६ जनाको मृत्यु, ३ घाइते

Everest Fuji News २०७३ चैत्र ११ मा प्रकाशित       Published at 2017 Mar 24


प्यूठान । प्यूठानमा जिप पल्टिँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । शुक्रबार बिहान काठमाडौंबाट स्वर्गद्वारी दर्शन गर्न आएका तिर्थयात्री सवार बा १ च १५६१ नम्बरको स्कारपीयो जिप भिंगृ–६ रुमालेमा पल्टिँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । गाडी चालक सहित तीन घना घाइते भएको स्वर्गद्वारी प्रहरी चौकीका प्रहरी साहयक निरीक्षक तिलक भट्टले बताए । गम्भीर घाइते तीन जनालाई प्राथमिक स्वाथ्य केन्द्र भिंगृमा उपचारको लागि पठाइइको उनले बताए । उनकाअनुसार जिप सडकबाट दुई सय मिटर तल खसेको छ । घटनास्थलमा प्रहरी पुगेको र विस्तृत विवरण आउन बाँकी रहेको प्यूठानका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेले बताए ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.