होलीमा सुरक्षासतर्कता उच्च, व्यापक सुरक्षाकर्मी परिचालन

Everest Fuji News २०७३ फाल्गुन २९ मा प्रकाशित       Published at 2017 Mar 12


काठमाडौं । होलीमा अप्रिय घटना हुन नदिन प्रहरीले विशेष सतर्कता अपनाएको छ । सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै काठमाडौंमा उपत्यकामा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको हो । काठमाडौं उपत्यकामा मात्र होलीका लागि थप तीन हजार प्रहरी परिचालन गरिएको महानगरीय प्रहरी आयुक्तको कार्यालयले जनाएको छ । उपत्यकाका करिब ४ सय ठाउँमा सुरक्षा जाँचको व्यवस्था गरिएको छ । सुरक्षा जाँचमा बर्दिधारी प्रहरी र ट्राफिक प्रहरी सहभागी भएका छन् । त्यसैगरी ठूलो संख्यामा सादा पोशाकका प्रहरीसमेत परिचालन गरिएको छ । होलीमा जबरजस्ती गरे तत्काल प्रहरीको हटलाइनमा फोन गर्नसमेत प्रहरीले आग्रह गरेको छ । होलीका दिन दिउँसै मापसे चेकिङसमेत भइरहेको छ । मादक पदार्थ सेवन गरी जथाभावी सवारी साधन गुडाउनेहरुमाथि निगरानी बढाउँदै चेकिङमा कडाई गरिएको प्रहरीले जनाएको छ । होलीमा जबरजस्ती लोला हान्ने, पानी फाल्ने तथा रंग लगाई दिनेलाई पक्राउ गरी सार्वजनिक अपराधमा मुद्दा चलाउने प्रहरीले जनाएको छ । सार्वजनिक मुद्दामा एक वर्ष कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुन्छ । तर, यस पटक प्रहरीले २५ हजार रुपैयाँ जरिवाना तोकेको छ ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.