बागमती सरसफाइ अभियान २०० औं हप्तामा

Everest Fuji News २०७३ फाल्गुन २८ मा प्रकाशित       Published at 2017 Mar 11


आज ‘बागमती पदयात्रा’

काठमाडौं । बागमती सरसफाइ अभियानको २०० औं हप्ता पुगेको अवसरमा आज ‘बागमती पदयात्रा’ गरिएको छ । १५ वटा मुख्य र ३ वटा सहायक स्थानमा एकसाथ सरसफाइसँगै पदयात्रा गरिएको  हो । पदयात्रामा प्रमुख दलका शीर्ष नेताहरु सहभागी थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शंखमूल क्षेत्रमा, नेपाली कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा तिलंगगामा, एमाले नेता एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल कोटेश्वर महादेवस्थान क्षेत्रमा सरसफाई अभियानमा सहभागी हुनुहुन्थ्यो । पदयात्रामा पनि १ लाखभन्दा बढीको उपस्थिति रहेको आयोजकको दाबी छ । २०७० जेठ ५ देखि सुरु भएको अभियानलाई थप सशक्त र प्रभावकारी बनाउन सुन्दरीजलदेखि चोभारसम्म पदयात्रा गर्न लागिएको हो । अभियानअन्तर्गत अहिलेसम्म पाँच लाखभन्दा बढी जनसहभागितामा काठमाडौंका विभिन्न नदीनालाबाट सात हजार दुई सय मेट्रिक टन फोहोर संकलन तथा व्यवस्थापन गरिएको जनाइएको छ ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.