प्रधानमन्त्री पुष्पकमल दहालद्वारा थकाली जातिको तोरन्ल्ह चाड उद्घघाटन-

Everest Fuji News २०७३ फाल्गुन २८ मा प्रकाशित       Published at 2017 Mar 11


प्रेमीला गौचन ,फाल्गुण २८ , जापान । थकाली जातिको महान चाड तोरन्ल्ह ( फागु पुर्णिमा ) काठमाण्डौ को बालाजु , विनायक वस्ति स्थित थ से स भवनमा प्रधानमन्त्री पुष्पकमल दहालले उद्घाटन गरि विधिवत रुपमा सुरुवात भएको छ । फाल्गुन २७ देखि सुरुवात भएको यस चाडमा पूर्व स्वास्थ्य मन्त्री अमिक शेरचन , पूर्व पर्यटन सहायक मन्त्री शुशिलमान शेरचन , प्राध्यापक सोम प्रसाद गौचन,जेष्ठ आरोही मिन बहादुर शेरचन कवियत्रि उषा शेरचन रा प्रा पा नेता भिम प्रसाद गौचन लगायत अन्य व्यक्तित्वहरुको पनि उपस्थित भएका थिए । सभागी नेता हरुले तोरल्न्ल र स्थानिय निर्वाचनको वारेमा बोलेका थिए । वयोवृद्ध सँन्स्कृतिविद सक बहादुर शेरचन,कुल बहादुर गौचनको सहभागीताले झन थप रौनकता थपिएको सो मेलामा सहभागी व्यक्तिले फोन मार्फत बताए । थकाली जातिको यस तोरन्ल्ह चाडमा खेलिने मौलिक खेल धनुष बाण ( आर्चरी ) लाइ बेलायत र दक्षिण कोरियाका थ से स ले कवि भुपी शेरचन मेमोरियल आर्चरी प्रतियोगिता नामकरण गरेका छन् । यसरी अमेरिका , बेलायत , दक्षिण कोरिया , हङ्कङ , बेल्जियम मा रहेका थ से स ले आ आफ्नो पायक पर्ने समयमा तोरंल्ह चाड मनाउने गरेको छ । जापानमा भने मार्च १९ मा मनाउने कार्यक्रम रहेको थ से स अध्यक्ष बुद्दी गौचनले जानकारी दिनु भएको छ । अल्प संख्यक यस जातिको जनसन्ख्या स्वदेश र विदेशमा गरि लगभग १२~१४ हजार जना रहेको अनुमान गरिएको छ । तस्विर सौजन्य : डेनी गौचन ( तन्जाङ फोबे ) काठमान्डौ । प्र्धानमन्त्री पुष्पकमल दाहाल कवियत्रि उषा शेरचन र प्रा. सोम प्रसाद गौचन    


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.