जापान, टोकियो ।
नेपाली शेर्पा समुदायको महान चाड ग्याल्बाे लोसार तथा नव बर्ष २१४४ मे मो च्या लो को पावन अवसरमा शेर्पा संघ जापानले आयोजना गर्न लागेको कार्यक्रमको तयारी पुरा भएको छ । सँघले यहीँ आउदो ५ मार्च आइतबार बिहान ११ बजे बाट बेलुका ६ बजे सम्म भब्य रुपमा कार्यक्रम आयोजना गरिने भएकाे छ , जसमा स्थानीय कलाकारहुको पनि बेजोड प्रस्तुती रहनेछ । विगतका वर्षभन्दा यस वर्ष भव्य तरिकाले मनाउने आयोजकको दावी छ । ल्हाेसार कायॅक्रमकाे प्रतक्ष्य प्रसारण दर्जनाै अनलाईन तथा समाजिक सन्जलहरुबाट गरिने भएकाे छ । ग्याल्बो ल्होसार भब्य र भरपुर मनोरन्जनात्मक बनाउन संस्थाले सबै संघ संस्थाका पदाधिकारीहरुलाई पत्रचार गरिएता पनि बिशेष कारणबश पत्र नपुगेमा क्षमा यचना गर्दै जापानमा रहनु भएका समपुणॅ संघ संस्थाका पदाधिकारी ,पत्रकार लगयात सम्पुर्ण जापानबासी नेपाली दाजुभाइ दिदीबहिनीहरु लाई यसै सुचनालाई आधार मानी कार्यक्रममा उपस्थित जनाइदिनहुनको लागि आयोजक संस्था शेर्पा संघ जापानले हार्दिक अपील समेत गरेको छ |
