स्याङ्ग्जा समाज जापानको तेस्रो अधिवेशन तथा स्मारिका विमोचन कार्यक्र
Everest Fuji News२०७३ फाल्गुन २ मा प्रकाशितPublished at 2017 Feb 13
स्याङ्जा समाज जापानको आइतबार टोकियोमा सम्पन्न तेस्रो अधिवेशनले सागरमणी भण्डारीको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिती सर्वसहमति गठन गर्नुको साथै स्मारिकाको विमोचन गरेको छ ।
स्याङ्जा जिल्लाबाट जापान आई बसोबास गर्ने स्याङ्जालीहरुको संस्था स्याङ्जा समाज जापानको तेस्रो अधिवेशन भब्यरुपमा सम्पन्न भएको हो । अधिवेशनसङ्गै जापानका गतिविधी र साहित्य सम्बन्धी सामाग्री समेटिएको स्मारिकाको कार्यक्रमका प्रमुख अतिथी दिनेश गुरुङ्गले औपचारिक रुपमा उदघाटन गर्नुभएको थियो ।
नवगठित कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष सुरेश रेग्मी, उपाध्यक्षद्धयमा ध्रुब ज्ञवाली, योगन थापा, महासचिबमा मुक्ती सुबेदी, सचिब बेद कार्की, कोषाध्यक्ष बिक्रम अर्याल, सह-कोषाध्यक्ष प्रदिप सेन ठकुरी चयन हुनुभएको छ ।
त्यसैगरी सदस्यहरुमा बिन्दु सेन, अमृता बस्नेत, गिता न्यौपाने, कल्पु जिसि, दिपक न्यौपाने, खेम जिटी, रोशन प्रताप छेत्री, अर्जुन हमाल, लक्ष्मण ढकाल, अरमान गुरुङ्ग, चित्र गुरुङ्ग, भक्त खत्री, पदम चापागाँइ, सुरेश कुमार जि टि, सागरमणी न्यौपाने चयन हुनुभएको छ ।
इकेबुकुरोको एक हलमा सम्पन्न भएको अधिवेशनमा टोकियो आसपास र नागोयाबाट स्याङ्ग्जालिहरुको उपस्थिती रहेको थियो । कार्यक्रमलाई अत्यन्तै व्यवस्थित रुपमा सम्पन्न गर्न सहयोग गरेकोमा निवर्तमान अध्यक्ष जिबन न्यौपानेले धन्यवाद ज्ञापन गर्नुभएको थियो । मुक्ती सुबेदी र पिताम्बर चापागाँइको कार्यक्रम सन्चालनमा सुरेश रेग्मिले वार्षिक आर्थीक प्रतिवेदन, नरेश जिसिले महासचिबको प्रतिवेदन र जिबन न्यौपानेले २ वर्षको अवधिमा भएका गतिविधिलाई प्रस्तुत गर्नुभएको थियो ।