थ से स कोरियाले फागु पुर्णिमाको अवसरमा दोस्रो भुपी शेरचन आर्चरी प्रतियोगिता गर्ने
Everest Fuji News२०७३ माघ २० मा प्रकाशितPublished at 2017 Feb 02
दक्षिण कोरिया।
थकाली सेवा समाज दक्षिण कोरियाले थकाली जातीको महान पर्व तोरन्ल्ह (फागु पूर्णिमा होली) २०१७ उपलक्ष्यमा दोश्रो भूपी सेरचन स्मृति कप तारा खेल (आर्चरी) प्रतियोगिताको आयोजना गर्ने भएको छ । गत सालको सफल आयोजना पछि यस बर्ष पनि मार्च १२ तारिख आईतबारको दिन प्रतिष्प्रर्धात्मक रुपमा आयोजना गर्ने भएको हो ।
रोजगार तथा ब्यबसायको लागि कोरिया आई कार्यरत रहेका आर्चरी खेलाडीहरुको खेल कौशललाई प्रोत्साहन गर्ने उद्देशय अनुरुप थसेस कोरियाले कोरियाली भूमिमा प्रतिष्प्रर्धात्मक तारा खेलको आयोजना गर्न लागिएको थसेस कोरियाका अध्यक्ष भरत तुलाचनले बताए ।
आयोजनामा २० देखि २५ मिटर सम्मको दूरीमा नेपालका चर्चित आर्चरी खेलाडीहरुले प्रतिष्प्रर्धा गर्ने छन । राजधानी सउलको मोकदोङ स्थित मोकदोङ याङगुङ जाङमा सम्पन्न हुने प्रतिष्प्रर्धात्मक तारा खेलमा संस्थागत प्रतिष्प्रर्धा हुने छ । प्रतिष्प्रर्धात्मक तारा खेलमा सहभागि हुन मार्च ५ तारिख सम्म टीम सहित खेलाडी नामावलि बिबरण दर्ता गराई सक्नु पर्ने छ । प्रतिष्प्रर्धामा प्रथम ,द्दितिय र तिर्तिय हुने टीमलाई कप,प्रमाण पत्र तथा आकर्षक नगद पुरस्कारको ब्यबस्था गरिएको छ ।
स्मरणिय रहोस गत सालको प्रथम भूपी सेरचन स्मृति कप तारा खेल (आर्चरी) प्रतियोगितामा म्याग्दी प्रवासी नेपाली संघ मोना कोरियाले प्रथम स्थान हांशिल गर्दै रनिङ कप र नगद पुरस्कार हात पारेको थियो । थसेस कोरियाको आयोजनामा सम्पन्न हुन गईरहेको आयोजनामा सहभागिता जनाई दिनु हुन संघ संस्थाहरुलाई हार्दिक अनुरोध गर्दै उक्त दिन कुनै पनि कार्यक्रमहरु नजुधाई दिनु हुन समेत अनुरोध गरेको छ । थप जानाकारीको लागिः भरत तुलाचन अध्यक्ष ०१० ३५९० ८४१० जुना ज्जारचन उपाध्यक्ष ०१० ३३१४ ५७७३ सुदन ज्वारचन सचिव ०१० ४८०५ ७६१३ भक्त सेरचन (सरक्षक)०१० २६७२ ९५७६ दिनेश हिराचन सल्लाहकार० ०१० ८७४१ ७६१३ सगुन भट्टचन सल्लाहकार ०१० ८८४९ ४४६१