८ वर्ष जेल बसेपछि निर्दोष-

Everest Fuji News २०७३ माघ १९ मा प्रकाशित       Published at 2017 Feb 01


‘१३ दिनअघि अदालतले फैसला गरिदिएको भए, हजुरआमाको मुख देख्न पाउने थिएँ,’ मंगलबार कारागारबाट छुट्दै गर्दा केराबारी–३ का २५ वर्षीय नारायण ढकालले भने । न्यायालयले उनीबिरुद्धको मुद्दामा ढिलासुस्ती मात्रै गरेन । ८ वर्ष जेल बसिसकेपछि उनलाई निर्दोष भएको ठहर गर्‍यो । उनी जेलबाट छुट्दै गर्दा घरमा हजुरआमाको १३ पुण्यतिथि थियो । ९८ वर्षीय हजुरआमाको मुख हेर्न नपाएकोमा उनलाई थकथकी लागेको छ । कर्तव्य ज्यान मुद्दामा गोरखा जिल्ला अदालत र पुनरावेदन अदालत पोखराबाट सर्वस्वसहित जन्मकैदको सजाय पाएका ढकाललाई मंगलबार सर्वोच्च अदालतले निर्दोष भन्दै सफाई दिएको हो । सर्वोच्चको सफाईपछि उनले ७ वर्ष ९ महिनामा कारागारबाट मुक्ति पाएका जिल्ला अदालतका श्रेस्तेदार गोविन्द्र घिमिरेले बताए । सर्वोच्चका न्यायाधीश गोपाल पराजुली र देवेन्द्रगोपाल श्रेष्ठको इजलाशले जिल्ला र पुनरावेदनको फैसलालाई उल्टाउदै ढकाललाई सफाई दिएको हो ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.