मुस्ताङको थाकखोलामा पुष १५ मा देउता बाहिर निकाल्ने चाड ' ल्हफेव ' -

Everest Fuji News २०७३ पुष १२ मा प्रकाशित       Published at 2016 Dec 27


काठमाडौं । पर्यटकीय गन्तव्यस्थलका रुपमा परिचिति मुस्ताङको थाकखोलामा यही पुस १५ बाट १२ वर्षे मेला ‘ल्ह्फेव’ पर्व सुरु हुने भएको छ । सोमबार राजधानीको बालाजुमा रहेको थकाली सेवा समितिमा पत्रकार सम्मेलन गरी ल्ह्फेव व्यवस्थापन प्रचारप्रचार उपसमितिले उक्त पर्वबारे जानकारी दिएको हो । थकाली चारचन(तुलाचन, भट्टचन, शेरचन, गौचन)को इष्टदेव अन्य समय मन्दिर भित्रै दैनिक पूजा हुने र हरेक १२ वर्षको प्रल्होमा ल्ह्फेव अर्थात देवता बाहिर निस्कने हुदाँ भव्य मेला हुने आयोजकले जनाएको छ । पुस १५ गते सुरु भई माघ ३ गते सम्पन्न हुने मेलाको उद्घाटन वाणिज्यमन्त्री रोमी गौचन थकालीले गर्ने समितिकी अध्यक्ष कृष्णकुमारी शेरचनले बताइन् । हरेक १२ वर्षमा यो पर्व चल्ने भएपनि प्रचारको अभावमा मुस्ताङ वरपरकाबाहेकले कसैले जानकारी नपाएको प्रचार उपसमितिका संयोजक एवं केन्द्रीय थकाली सेवा समितिका महासचिव नरेशकुमार तुलाचनले बताए । - मेलाको धार्मिक महत्व img_4242हरेक १२ वर्षमा हुने यस मेलामा चार देवता बाहिर निस्कने र उक्त देवता दर्शनले पाप मुक्ति र दुःखबाट मुक्ति पाइने विश्वास रहिआएको छ । ती देवताको दर्शनबाट अलौकिक आर्शीवाद पाइने र मानव जातिको रक्षासमेत हुने जनविश्वास रहिआएको छ । यही देवहरुको दर्शनले नै थकालीहरुले आर्थिक रुपमा प्रगति गरेको यस जातिले विश्वास गर्दै आएका छन् । १२ वर्षे मेलामा नेपाल र विदेशमा छरिएर रहेका थकालीहरु सकेसम्म मुस्ताङको थाकखोला पुग्ने महासचिव तुलाचनले बताए । यस्तो छ व्यवस्थापन ल्ह्फेव मुल आयोजक समितिले सम्पूर्ण भक्तजनका लागि मेला अवधिभरका लागि पोखराबाट विभिन्न बस सेवालाई चुस्त राखेको छ । जिप, रात्रिबसकोसमेत व्यवस्था रहेको र न्युनतम खर्चमा मेलामा पुग्ना सकिने समितिले जनाएको छ । मेलामा स्वास्थ्य शिविरसमेत रहेको र ३,५० मा मासुभात खान पाइने व्यवस्था मिलाएको जनाएको छ । त्यसैगरी उक्त अवधिभर उक्त स्थानमा डबलबेडको न्युनतम मुल्य ६०० रुपैयाँ कायम गरेको व्यवस्थापन समितिले जनाएको छ । न्युज स्रोत: (एभरेष्ट टाईम्स)


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.