प्रेमिला गौचन पौष-२, जापान। गत ११ तारिख मृत्यु भएकी मथुरा देवी भण्डारीको अन्त्यस्टी सहयोगको लागि भर्खरै निर्विरोध निर्वाचित भएका ने क पा एमाले का भात्री संगठन जापान (ओ एन एफ ) का अध्यक्ष महेन्द्र श्रेष्ठले म्रितकका श्रीमान ईन्द्र भण्डारी लाई समाधीस्थल मै १ लाख जापानी एन हतान्तारण गर्नु भएको छ । ओे एन एफ तथा नेवा डाइनिङ्का प्रोप्राइटर सुजन पन्तले "हामीले उहाको म्रितक को खबर थाहा पाए पछी एमाले कार्यकर्ता हरुले सहयोग रकमको लागि पहल गरेका हौ ,यस अभियानमा नुवाकोट समाज पनि सामेल भएको बताए। स्व. भण्डारीको हिजो १६ तारिखका दिन टोक्यो स्थित उकिमाफुनादो शबग्रिहमा अन्त्यस्टी गरिएको छ । म्रितक कि जेठो छोरा दीपेश भण्डारी (२१) ले हिन्दू परम्परा अनुसार आमालाई दाग बत्ती दिए , भने अन्त्यस्टी जापानी परम्परा अनुसार । आमाको खुट्टा ढोग्दै निकै बेर सम्म रोएका दीपेशले माहोल नै भावूक बनाएको थियो , तेस्तै उनका श्रीमान अवस्था पनि । तेस्तै चितवन समाजका उपाध्यक्ष तथा जापान मनी एक्स्प्रेसका राजन श्रेष्ठले समाज मा उहाको आर्थिक सहयोगको लागि पहल भइरहेको जानकारी दिनु भएको थियो । अब उठेको रकम उहाको दाह सन्स्कारमा खर्च गर्ने गर्ने कि कोष खडा गर्ने विषयमा पनि सहभागी बिच छलफल भएको थियो । भेलाले यस्तो मर्दा पर्दा कुनै जातिय भेद , लैङिक,क्षत्रिय, राजनैतीक खोल नओडिकन सबैले आ- आफ्नो मानविय हिसाबले सहयोग गर्नुका साथै पारदर्षिता हुनु पर्ने बताए । टोकियोमा एन आर एन लगायत दर्जनौ सँघ संस्था भयता पनि त्यहा भने सिमित सन्ख्या उपस्थित भएका थिए । म्रितकका आफन्त , तामाङ समाजका अध्यक्ष(कर्मा लामा) , काभ्रे समाजका (उपाध्यक्ष ) पासाङ लामा, नुवाकोट समाजका हरी लामिछाने लगायतका व्यक्तित्व हरुको उपस्थिती थियो । तीजमा रातो साडी लगाउन तछाड र मछाड गरी महिनौ भर तीजमा फुर्सद निकाल्ने दिदी बहिनी हरुको पनि कसैको उपस्थिती थिएन, भनिन्छ ,विदेश्मा 'समाज सुखका लागि होइन , दु:खको लागि खोलीनु पर्छ', त्यहा म्रितककी बहिनी माया भण्डारी र यस पन्तीकार मात्रै थियौ । चितवन गुन्जानगर घर भई विगत ३ वर्षअघिदेखि जापान बस्दै आउनुभएकी भण्डारी फोक्सो सम्बन्धि रोगबाट पिडीत हुनुहुन्थ्यो । गत आइतबार नेपाल जाने क्रममा प्लेन डिले भएपछि घर फर्कंदा बिच बाटोमा रोगले च्याप्दा भण्डारीको मृत्यु भएको थियो ।