जापानबाट बर्दियाको पुस्तकालयलाई आर्थिक सहयोग हस्तान्तरण

Everest Fuji News २०७३ मंसिर २८ मा प्रकाशित       Published at 2016 Dec 13



बाँके बर्दिया मैत्री समाज जापानले बर्दियाको शैक्षिक उत्थानका लागि ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । बर्दिया जिल्लामा क्रियाशील सिर्जनशील समाज नेपाललाई क्रियटिभ ह्याण्ड्स मार्फत समाजले आर्थिक सहयोग गरेको हो । क्रियटिभ ह्याण्ड्सका अध्यक्ष तथा बाँके बर्दिया मैत्री समाज जापानका नेपाल प्रतिनिधि टीएस ठकुरी मार्फत एक समारोहकाबीच पुस्तकालयलाई रकम हस्तान्तरण गरिएको हो। img_4053क्रियटिभ ह्याण्ड्स र सेलिब्रिटी खबर अनलाइन पत्रिकाद्वारा सोमवार नेपालगंजमा आयोजित कार्यक्रममा प्राज्ञ सनत रेग्मी, बाँके प्रहरी प्रमुख एसपी टेकप्रसाद राई, मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका उपाध्यक्ष नरेन्द्र थापा, बार्दली फाउन्डेसनका अध्यक्ष भोजराज शर्मा नादिर, कृष्णसार एफएमका कार्यकारी प्रमुख तुला अधिकारी र कान्तिपुर दैनिकका मध्यपश्चिम ब्युरो प्रमुख जनक नेपालले संयुक्त रुपमा सिर्जनशील समाजका प्रतिनिधि अमृत शर्मा ढकाललाई चेक तथा पुस्तक हस्तान्तरण गरिएको थियो । पुस्तकालयलाई आर्थिक सहयोग बाँके बर्दिया मैत्री समाजले नेपालगन्जमा हुने गरेका प्रतिष्ठित कार्यक्रमहरु प्रधानमन्त्री कप महिला भलिबल, नेपालगन्ज म्याराथन, नेपालगन्ज इन्टरनेसनल फिल्म फेस्टिवल र नेपालगन्ज गोल्डकपमा सहकार्य गर्दै आएको छ । नेपालगन्जनिवासी जनकबिक्रम शाहीको अध्यक्षतामा क्रियाशील बाँकेबर्दिया मैत्री समाज विश्वभर सञ्जाल निर्माण गरी बाँकेबर्दियाको हुने विविध सिर्जनशील काममा सहकार्य गर्न लागिपरेको अध्यक्ष ठकुरीले जानकारी दिए । कार्यक्रममा उपस्थित विशिष्ट अतिथिहरुले बाँके बर्दिया मैत्री समाजको कार्यलाई सराहना गरेका थिए ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.