अनुहारभरि ट्युमर आएर थपिएका अशोक श्रेष्ठको उपचारार्थ नेवाः अन्तर्राष्ट्रिय फोरम जापानले गठन गरेको आर्थिक सहयोग संकलन समितिले आइतबार सो रकम हप्तान्तरण गरेको छ । सो रकम एक समारोहकाबीच जापान मनी एक्सप्रेस जेएमई मार्फत हस्तान्तरण गरिएको हो ।
नेवाः अन्तर्राष्ट्रिय फारम जापानका महासचिव शिव तण्डुकारको संयोजकत्वमा संकलित पाँच लाख ९३ हजार ३१२ येन (नेपाली रुपैयाँ पाँच लाख ५० हजार) नेवाः अन्तर्राष्ट्रिय फोरम जापान अध्यक्ष गंगा डंगोलले जेएमईका निर्देशक राजन श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो ।
समारोहमा निर्वतमान अध्यक्ष विगेन्द्रमान सिंह प्रधान, पूर्व उपाध्यक्ष भूपी गोविन्द श्रेष्ठ, महासचिव शिव तण्डुकार, व्यवसायी तथा सदस्य सागर कपाली सुदूरपश्चिमेली नेपाली समाज जापानका अध्यक्ष पूर्ण चलाउने लगायतको उपस्थिति रहेको थियो ।
सो रकम आईतवार नै नेपालमा संस्थाका कार्यकारी सदस्य रवी श्रेष्ठ र रमेश महर्जनले एक समारोहको आयोजना गरी अशोक श्रेष्ठलाई हस्तन्तान्तरण गरेको छ ।