सोमवार, मंसिर १३, नेपाल।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले छात्रवृतिको फारम खोलेको छ । मंसिर ११ गते राष्ट्रिय संचार माध्यममा सूचना प्रकाशन गरेर २०७३ को लागि आबेदन आह्वान गरेको हो ।नियमित विद्यार्थीले मंसिर १० गतेदेखि पुष १४ गतेसम्म फारम भर्न पाउने व्यवस्था रहेको छ ।
बछात्रवृतिको फारम भर्न नियमित विद्यार्थी भएको सम्बन्धित क्याम्पस/कलेजको सिफारिस पत्र, आदिवासी जनजातिको परिचयपत्रको फोटोकपी, नागरिकताको फोटोकपी, एस.एल.सी. देखि माथिल्लो तहका लब्धान्कपत्र, चारित्रिक प्रमाणपत्र, सम्बन्धित जातीय विद्यार्थी संगठनको सिफारिस पत्र चाहिने कुरा थारु विद्यार्थी समाजका केन्द्रीय उपाध्यक्ष ओम नारायण महतोले जानकारी दिनुभयो ।
सूचना