२२ औं ल्होसार साँझ जनवरी २ मा -

Everest Fuji News २०७३ मंसिर १३ मा प्रकाशित       Published at 2016 Nov 28


जापान। गुरूङ समुदायको महान पर्व ल्होसारको पवन अवसरमा तमु धीं जापानको अायोजनामा २२ अाैं ल्होसार साँझ हुने भएको छ । हरेक वर्ष झैं यस वर्ष पनि विविध सांस्कृतिक कार्यक्रम सहित जनवरी २ तारिक सोमबार ल्होसार कार्यक्रम अायोजना गर्न लागेको हो । तमु धीं जापानले हरेक वर्ष नेपालबाट कलाकारहरू अामन्त्रण गरी धुमधामका साथ ल्होसार मनाउँदै अाइरहेको छ । यस वर्ष पनि शिन्जुकुको खाबुकि च्यो स्थित यूनिभर्सल हलमा २२ अाैं ल्होसार साँझ २०१७ गरिने कुरा धींका अध्यक्ष श्री गुरूङले जानकारी गराउनु भएको थियो । प्रवासी भूमिमा रहेर पनि आफ्नो मौलिक जातिय पहिचान, भाषा, सँस्कार र सँस्कृतिलाई बचाई राख्न तमु धीं जापानले हरेक बर्ष ल्होसार र रोधी साँझ कार्यक्रमको आयोजना गरी नेपालका चर्चित गायक तथा गायिकाहरुलाई जापानमा बोलाई कार्यक्रमलाइ भब्य रुपमा सम्पन्न गर्दै आइरहेको छ । सोही अनुरुप आयोजित ल्होसार कार्यक्रममा सहभागी भईदिन तमु धीं जापानले जापानबासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई हार्दिक अनुरोध गरिएको छ ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.