टोकियो – लामो समयदेखि क्यान्सर रोगबाट ग्रसित पर्वत बराचौर गाविस निवासी भवानी प्रसाद पराजुलीको उपचारका लागि पर्वत समाज जापानले आर्थीक संकलन गरि पठाएको छ । भारतको राजीव गान्धी मेमोरियल अस्पतालमा उपचारत पराजुलीले उपचारका लागि आर्थीक अभाव भएपछि सहयोगका लागि अपिल गर्नुभएको थियो ।
पर्वत समाज जापानको सक्रियतामा विभिन्न व्यक्तिहरुद्वारा सहयोगस्वरुप प्राप्त रकम एक लाख जापानी येन आज पठाइएको पर्बत समाज जापानका महासचिब जनक सुबेदीले एबरेस्टफुजीन्युज डट कम लाई बताउनु भयो । सुबेदीले सहयोगी सबैमा कृतज्ञता ब्यक्त गर्दै समाजले उठाएको ९० हजार जापानी येनमा १० हजार जापानी येन जापान मनि एक्सप्रेसको तर्फबाट थप गरि पठाइएको जानकारी दिनुभयो ।
२०६६ सालमा मुखमा गिँजाबाट सामान्य रगत आएपछि चेक गराउँदा क्यान्सर देखिएको र सो समयमा चितवनको भरतपुर क्यान्सर अस्पतालमा उपचार गराउनु भएका पराजुलीको ६ बर्षपछि २०७२ सालमा पुन: गिजामा क्यान्सर देखिएपछि अप्रेसन गरिएको थियो । केहि महिना अघि खाना नलीमा प्वाल देखिएपछि भारतको नयादिल्ली स्थित राजीव गान्धी मेमोरियल अस्पतालमा उपचारका लागि भर्ना हुनु भएका पराजुलीको हड्डीमा समेत क्यान्सर देखिएपछि हाल अप्रेसन पश्चात् केमो थेरापी चलिरहेको छ । वहाको यहि २६ तारिक घाँटिको लिकेज क्लोजको लागि अर्को अप्रेसन हुदैछ ।