जापान ( टोक्यो ) - अकस्मात निधन भयका शिवराज रोकामगरको हिजो टोकीयोमा दाहसंस्कार गरिएको छ । विद्यार्थी भिषामा जापान आइ अध्ययन गर्दै गरेका रोल्पाका शिवराज रोकामगरको गत सेप्टेम्बर १८ मा निधन भएको थियो । परिवारको केहि समस्याका कारण दाहसंस्कारमा ढिलाई हून पुगेको थियो । हिजोको दाहसंस्कार कार्यक्रममा नेपाली राजदुतावास टोकियोका कार्यवाहक राजदुत कृष्ण चन्द्र अर्याल , एन आर एन जापान लगायत विभिन्न संघसंस्थाहरू सहित जापानवासी नेपालीको उपस्थिति रहेको थियो । सोही स्थानमॉ १ मिनेट मौन धारण गर्दै शिवराजको पार्थिव शरीरलाई अन्तिम श्रद्धांजलि गरिएको थियो । शिवराज रोकामगरको निधन भएलगत्तै नेपाली राजदुतावास टोकियो र एनआरएन जापानको सहकार्यतामा मगर संघ जापान , नेपाल जापान विद्यार्थी समाज र राप्ती समाज जापानको संयुक्त आर्थिक सहयोग संकलन समिति बनेको थियो । सोही समितिले शिवराज रोकामगरको लागी संकलित आर्थिक हिसाब सार्वजनिक गरेको छ । यस अभियानलाई साथ दिदै जापानवासी सम्पूर्ण नेपाली समुदाय , विभिन्न संघसंस्था , विद्यार्थीहरूले सहयोग गरेर आर्थिक संकलन अभियानबाट २ सय ३५ मान २ हज़ार ७ सय २४ यन संकलन भयको थियो । भने दाहसंस्कार सम्म आइपुग्दा ७० मान ८ हज़ार १ सय ८० यन ख़र्च भयको थियो । सम्पूर्ण ख़र्च कटाएर यसबाट बाक़ी १ सय ६४ मान ४ हज़ार ५ सय ४४ यन मृतक शिवराजको २० महीनाको छोरीको लागी पढ़ाई ख़र्च स्वरूप फ़िक्स कोष बनाई बच्चाको नाममा जम्मा गरीदिने प्रस्ताव आएको आर्थिक संकलन समितिले जनाएको छ । आधिकारिक