सुदुरपश्चिमेली समाज, जापानले अपाङ्ग बालबालिकालाई सहयोग

Everest Fuji News २०७३ मंसिर ४ मा प्रकाशित       Published at 2016 Nov 19


मंसिर -४ , जापान ।   सुदुरपश्चिमका अपाङ्ग बालबालिकाको शैक्षिक गुणस्तर वृद्धिका लागि सुदूरपश्चिमेली समाज जापानले शैक्षिक सहयोग गर्ने भएको छ । शैक्षिक गुणस्तर वृद्धिका लागि समाजले आर्थिक सहयोग गर्न लागेको हो ।समाजले सुदूरपश्चिमका आठ जना अपाङ्ग बालबालिकालाई छनौट गरी यसरी शैक्षिक सहयोग गर्न लागेको हो । img_3723समाजले पहिलो चरणमा सुदुरपश्चिमका बैतडी ,दार्चुला ,अछाम ,कैलाली र कंचनपुरका अपाङ्ग बालबालिकालाई सहयोग गर्ने भएको छ । समाजले सहयोग गर्ने बालबालिकाहरुमा बैतडी बसन्तपुरका पुजा ठगुन्ना र मनोज ठगुन्ना , दार्चुला लटिनाथका योगेश सिंह र सुनिल भट्ट , अछाम साफेबगरका अंकित कुँवर र विनायकका हिमाल अधिकारी रहेका छन् । त्यसैगरी कैलाली पथरैयाका दुर्गा कुमारी थापा र कन्चनपुरका हरिश चुनारा रहेका छन् ।एक जना अपाङ्ग बालबालिकालाई २० हजार जापानी येन उपलब्ध गराइने समाजका अध्यक्ष पूर्ण चलाउनेले बताए ।

img_3724आगामी दिनमा सुदुरपश्चिमको शैक्षिक क्षेत्रमा थप प्रभाबकारी कार्यहरु गर्ने पनि चलाउनेले बताए ।समाजले यस अघि पनि सुदुरपश्चिमका विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको छ img_3725




प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.