स्वर्गीय शिवराज रोकामगरको नोभेम्बर २० तारीख़ आइतवार दाहसंस्कार गरिने -

Everest Fuji News २०७३ मंसिर ४ मा प्रकाशित       Published at 2016 Nov 19


जापान ( टोक्यो ) । केहि महीना अगाडी निधन भयका स्वर्गीय शिवराज रोकामगरको यही नोभेम्बर २० तारीख़ आइतवार दाहसंस्कार हुने भयको छ । विद्यार्थी भिषामा जापान आइ अध्ययन गर्दै गरेका रोल्पा निवासी शिवराज रोकामगरको अकस्मात् निधन भयको थियो । पारिवारिक समस्याका कारण दाहसंस्कारमा ढीला हुन गएको थियो । लामो समयको सङ्घर्ष पश्चात शिवराजको परिवारबाट दाहसस्कार जापानमै गर्नको लागि अनुमतीपत्र नेपाली राजदुतावास जापान मार्फत आज प्राप्त भयको राप्ती समाज जापानका संयोजक विश्वेशेर रेग्मीले जनाउनु भयको छ । परिवारको तर्फ़बाट जापानमै दाहसंस्कार गरीदिनुहोला भन्ने पत्र प्राप्त भयकोले यही नोभेम्बर २० तारीख़ आइतवार दिनको ठीक २ :३० बजे 34-12 Kamiochiai 3- Chome Shinjuku , Tokyo 161-0034 मा दाहसंस्कार हुने जनाइएको छ । यो स्थान ताकादानाबाबा स्टेसनबाट २ स्टेशनमा रहेको छ । शिवराज रोकामगरको निधन भए लगत्तै एनआरएन जापान र नेपाली राजदुतावास जापानको समन्वयमा मगर संघ जापान , नेपाल जापान विद्यार्थी समाज जापान र राप्ती समाज जापानको संयुक्त सहकार्यमा आर्थिक संकलन पनि भयको थियो । आर्थिक संकलन दाहसंस्कारकै दिन जापानवासी नेपाली बीचमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने मगर संघ जापानका अध्यक्ष दीपक बूर्जा मगरले जानकारी दिनु भयो । सम्पूर्ण जापानवासीमा समय मिलेसम्म दाहसंस्कार कार्यमा उपस्थित हुनलाई आग्रह गरिएको छ । साथै यस आर्थिक संकलन बाहेक अन्य जो-कोहिले आर्थिक संकलन गर्नु भयको भय सोही दाहसंस्कार गर्ने स्थानमा उपस्थित भै हस्तान्तरणको लागी आग्रह गरिएको छ ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.