पोखराको बुद्ध विशाल बजारका संस्थापक भट्टचनको निधन

Everest Fuji News २०७३ कार्तिक २५ मा प्रकाशित       Published at 2016 Nov 10


पोखरा- पोखराको महेन्द्रपुलस्थित बुद्ध विशाल बजारका संस्थापक एवम् समाजसेवी नन्द प्रसाद भट्टचनको निधन भएको छ । लामो समयदेखि दम र मुटुको समस्याबाट पिडित भट्टचनको बेलायतमा उपचारको क्रममा ८२ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उहाँको जन्म सन् १९३३ मा मुस्ताङको लेतेमा जन्म भएको थियो ।

पूर्व ब्रिटिस आर्मी समेत रहेका स्वं भट्टचनले विंस २०४१ सालमा उहाँका भन्जा हर्क बहादुर शेरचनसँग सहकार्य गरेर पोखरामा पहिलोपटक विशाल बजारको अवधारणा ल्याई स्थापना गर्नुभएको थियो । त्यसपछि यस क्षेत्रमा ठूला कम्लेक्स स्थापना हुन थालेको थकाली सेवा समिति पोखराका अध्यक्ष विश्वमोहन गौचनले बताउनुभयो । .img_3622स्व. भट्टचनको शव बुधवार राती काठमाडौं ल्याईएको छ । विहिवार विहान १० बजेपछि पोखराको रामघाटमा थकाली परम्परा अनुसार अन्तिम संस्कार गरिने बताइएको छ । उहाँको श्रीमती, तीन छोरा, एक छोरी र सात नातीनातीनी हुनुहुन्छ । छोराहरु गोर्खा मेजर निर्मल भट्टचन हाल बेलायत, कम्प्युटर इ. विमल अमेरिका र निर्देश हाल हङकङमा बस्दै आउनुभएको छ । img_3631    


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.