जापान।
जापानमा नेवारहरु को क्रियाशिल संस्था नेवा:अन्तराष्ट्रिय फोरम जापान द्वारा आयोजित नेपाल संवत ११३७ र म्ह पुजा भव्यताका साथ सम्पन्न भएको छ ।�झण्डै १२० जनाको सहभागी रहेको यस कार्यक्रममा प्रत्येकको निम्ति मण्डप तयार गरिएको थियो । नेवार लगायता अन्य जाति तथा जापानिज आगन्तुकहरुको पनि सहभागिता रहेको थियो ।
विभिन्न संघ संस्थाको प्रतिनिधि समेतको उपस्थिति रहेको उक्त कार्यक्रम जापानमा पहिलो पटक यति धेरै संख्यामा सामुहिक म्ह पुजा गरेको हो- संस्थाको महासचिव शिव तण्डुकारले बताउनु भयो ।�टोक्यो कितासुना दान्ची हलमा आयोजित कार्यक्रमा नेपाल संवतको प्रवर्तक शंखधर साख्वाको फोटोमा दीप प्रज्जोलन र माल्यार्पण गरी पहिलो चरणको कार्यक्रम सुरु गरिएको थियो ।
नेपाल संवत ११३७को शुभकामना आदन प्रधान गरिएको थियो।
दोस्रो चरणमा नेवारी परम्परा अनुसार म्ह पुजा गरिएको थियो । कुनै रोग व्याद नलागेस् भनि शरिरको पुजा गर्ने म्ह पुजा पहिले पटक गरेको भन्ने आगन्तुकहरू पनि थिए । साथै नेवारी परिकारमा रमाएका आगन्तुकहरु नेवारी गीतमा नाचगान गरी देखाईएको सांस्कृतिक कार्यक्रम पनि रामाईलो गरी हेरेका थिए ।
�नेपालमा मनाइने एउतै तिथि र मितिमा गर्न नसकेपनि प्रवासमा रहेर नेवारहरुको मौलिक चाड मनाउन पाएकोमा सहभागीहरु निक्कै खुशी भएका थिए ।
कार्यक्रमको अर्को चरणमा संस्थाको सदस्य समेत रहेको नेपाली किक बक्सिङ्ग खेलाडी मोहन महर्जन ड्रागनलाई हालै टोक्योमा भएको प्रख्यात प्रतियोगितामा बिजयी भएकोमा बधाई ज्ञापन गरीएको थियो । साथै आगामी मार्च ३ तारिक हुन लागेको अर्को महत्वपूर्ण प्रतियोगितामा सफलताको शुभकामना व्यक्त गर्दै सगुन खुवाईएको थियो ।�
कार्यक्रम गर्नुको प्रमुख उदेस्य भनेको प्रवासमा रहेर पनि आफ्नो मौलिक संकृतिको निरन्तरता दिने, नयाँ पुस्तालाई सिकाउदै जाने र जापानमा रहेका जापानिज र अन्यजातिका व्यक्तिहरुलाई परिचय दिदै जाने रहेको संघको अध्यक्ष गंगा डंगोलले बताउनु भयो ।
�टोक्यो जस्तो व्यस्त शहरमा आफ्नो व्यस्तताको बाबजुद पनि कार्यक्रममा सहभागीभई भव्यरुपमा कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहभागीहरुमा आयोजक नेवा:अन्तरास्ट्रिय फोरम जापानले हार्दिक आभार व्यक्त गरेको छ ।