कात्तिक -२१ जापान ।
पत्रकार सञ्जय न्यौपाने को उपाचारर्थ सहयोग लागि गरिएको आजको च्यारिटी डिनरका साथ गरिने सान्स्कृतिक कार्यक्रम दुखको साथ स्थगीत गरिएको छ । तर यो तय भइ सकेको डिनर कार्यक्रम लाई परिवर्तन गरी कोरोनान नेपालको सहयोगार्थ सान्स्कृतिक कार्यक्रम गर्ने भएको छ ।
न्यौपाने आजको च्यारिटी डिनरको लागि हिजो बैठक बसिरहदा उहाको दु:खद मृत्यु को खबरले स्तब्ध भएका थियौ । सहकर्मी साथीहरु को राय सल्लाह अनुसार विदेशमा तय भई सकेको कार्यक्रम लाई स्थगीत नगरि यो कोरोनान नेपालको सहयोगार्थ गरौ भन्ने राय सुझाव अनुसार च्यारिटी डिनरलाई परिवर्तन गरी च्यारिटी सान्स्कृतिक कार्यक्रम गरिने भएको हो ।
कोरोनान नेपालले मानसिक सन्तुलन बिग्रेका सडक छाप बच्चा र महिलालाई सँरक्षण दिदै आएको छ । यस बाहेक यसले जनचेतनाको काम पनि गर्दछ । सडक छाप र त्यसमाथी पनि मानसिक सन्तुलन बिग्रेकोलाई हेर्ने समाजको कुद्रिष्टीलाई मध्य नजर गर्दै उनीहरु जन्मजात मानसिक सन्तुलन बिग्रेको नभएर परिस्थितीले भएका हुन , यो अवस्था भोली कसको साथ बित्छ , भविष्यवाणी गर्न सकिन्न जस्ता जनचेतनाका कामहरु पनि गर्दै आएको छ ।
Www.coronanepal.org
Coronan Nepal