नेवा फोरम को दशै सम्पन्न, म्ह पूजा नोभेम्बर ५ मा गर्ने
Everest Fuji News२०७३ कार्तिक १ मा प्रकाशितPublished at 2016 Oct 17
टोकियो।
नेवा:अन्तर्राष्ट्रिय फोरमा जापान द्वारा १५ अक्टोबर पूर्णिमाको दिन दशैं कार्यक्रम भव्यताका साथ सम्मपन्न गरेकोछ । टोक्यो कोतोकु कितासुना स्थित दान्चि हलमा आयोजित यस कार्यक्रममा नेपाली लगायत जापानिजहरूको पनि सहभागिता रहेको थियो । नेपालीहरूको महान चाड वडा दशैं जापान पनि यसरी भव्यताका साथ सम्पन्न गर्न सकेकोमा गर्वको महसुस भएको छ -संस्थाकी अध्यक्ष गंगा डंगोलले खुशी हुदै बताऊनु भयो ।
फोरमको वार्षिक कार्यक्रम अन्तर्गत नोभेम्बर ५ तारिकका दिन नेवारहरूको नयाँ वर्ष ११३७ र महान चाड म्ह पूजा पनि आयोजना गर्दै छ ।
जापानवासी सम्पूर्ण नेवार लगायत अन्य समुदयाको व्यक्तिहरूलाई पनि भाग लिनहुन संस्थाका सक्रिय सदस्य रवि श्रेष्ठले अनुरोध गर्नुभयो । आफ्ने कला र संकृति आफै मनाऊने हो अनि जगेर्णा पनि आफैले गर्ने हो संस्थाका महासचिव शिव तण्डुकारले प्रष्ट पार्नुभयो ।
तस्विर सौजन्य: रवि श्रेष्ठ