अयोज-१६,टोकियो।
तामाङको कला,धर्म,संस्कार र संस्कृतिको संरक्षण र सम्वर्दन गर्ने उद्देशयले आयोजना गरिएको डम्फु साँझ २०१६ भब्य रुपमा सम्पन्न भएको छ | जापानको टोकियो स्थित नमस्ते गित गजल रेस्टुरेन्ट सिनोओकोबुमा अक्टोबर २ अर्थात हिजो आयोजना गरिएको डम्फु सॉझ २०१६ तामाङ समाज जापानको सस्थापक अध्यक्ष रेख़ ब्लोनको प्रमुख आथितित्व र समाजका अध्यक्ष कर्मा लामाको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा विभिन्न जातिय संघ संस्थाका प्रतिनिधिको समेत उपस्थिति रहेको थियो |
तामाङ समाज जापानले हरेक बर्ष डम्फु साँझ को अयोजना गर्दै अाइरहेको छ | डम्फु साँझ २०१६ यसैको निरन्तरता हो | तामाङ समुदायमा डम्फु को छुट्टै ईतिहास बोकेको छ तामाङ समुदायको हरेक शुभ कार्यमा डम्फु बजाएर सुरुवात गर्ने अनि नाच्ने समेत् गरिन्छ् |
अझ भन्नु पर्दा तामाङ हरु हरेक सास्कृतिक कार्यक्रममा डम्फु बजाएर रमाइलो गर्ने गरिन्छ | डम्फु साँझ २०१६ लाई बिभिन्न अनलाइन पत्रिका र अनलाइन रेडियो ले समेत् प्रत्यक्ष प्रसारण गरेको थियो |सो कार्यक्रममा जापानमा रहेका तामाङ लगायत सम्पुर्ण जापानवासी नेपालीहरुको उल्लेखनिय सहभागिता रहेको थियो।