चक्रपाणि शर्मा गौतम
बैदिक सनातन र हिन्दु परम्परा अनुसारको पात्रो मुताबिक एक महिनामा दुई ओटा एकाद्शी पर्दछन्। पहिलो एकादशी क्रिष्ण पक्षमा(चन्द्रमा घट्दै जाने समय) र दोश्रो एकादशी शुक्ल पक्षमा(चन्द्रमा बढ्दै जाने समय)। कुनै पनि पक्षको प्रतिपदाका दिनदेखि एघारौं दिनलाई एकादशीको दिन भनिन्छ।यो एकादशी आश्वीनमास क्रिष्णपक्षको एघारौं तीथिको दिनमा पर्दछ। यो एकादशी पित्रि पक्षका समयमा परेको हुनाले यसलाई पित्रि एकाद्शी भनेर पनि संबोधन गर्ने गरिन्छ। यो एकादशी यस बर्ष आश्वीन ५ गते(सेप्टेम्बर महिनाको २१ तारीख)का दिन रहेको बेहोरा हिन्दु पञ्चाङ्ग(हाम्रो पात्रो)ले सार्वजनिक गरेको छ। यस एकादशीमा दिबंगतहरुको प्रेतात्मालाई पित्र्यात्मामा परिणत गरी मुक्ति दिलाउने कार्य प्रवल रहेको शास्त्रीय कथन छ। कुनैपनि ब्रत,उपासना,धार्मिक अनुष्ठान शुरु गरिसकेपछि त्यसलाई बिधिपूर्वक पूर्णता: दिनैपर्ने कुरा यस एकादशीको मूल सन्देशको रुपमा अङ्गिकार गरिएको छ।
द्वापरयुगमा महाभारत युद्ध पश्चात आफ्नो राजमहलमा ईन्दिरा एकादशीको बारेमा युधिष्ठिरका मनमा केही जिज्ञासा उत्पन्न भएर उनले यस बिषयमा याबत जान्न चाहेर यो कुरा श्रीक्रिष्णसंग सोधेछन्। युधिष्ठिरको प्रश्नको उत्तर दिंदै द्वारकाधीश श्रीक्रिष्णले ईन्दिरा एकादशीको बिषयमा ब्याख्यागर्दै एक पौराणिक कथा उनले भनेछन् जो यस प्रकारको छ-----
सत्ययुग ताकाको कुरा हो,महेश्मती-पुरी नाम गरेको एक राज्य रहेछ।त्यस राज्यमा इन्द्रसेन नामगरेका एक अति धर्मात्मा(बिष्णु भक्त),प्रतापी राजाले राज्य गर्दारहेछन्। उनको राज्यमा जतासुकै आनन्दै-आनन्द,शुख-सयल,ऐश्वर्य,आरोग्य,अबस्था भएको हुनाले त्यहांका प्रजाले अति सुखमय जीवन ब्यतित गरिरहेका रहेछन्।त्यस राज्यको ढुकुडीमा सूना,चांदी,हिरा,मोती,सबै भरिपूर्ण रहेछ,कहिं-कतै कुनै बस्तुको अभाव रहेनछ,अशान्ति, अन्याय,अत्याचार,दुराचार, कतैपनि हुंदो रहेनछ।स्वर्गका देवताहरुले पनि त्यस राज्यको गुण-गाण र प्रशंसा गर्दारहेछन्।
एक दिनको कुरा हो,राजा इन्द्रसेन आफ्नो दरबार अगाडि कुर्सिमा टोहलिएर बसिरहेको बेलामा एक अद्भूत प्रकाशमय ब्यक्ति आकाश मार्ग हुंदै तल झरिरहेको देखेछन्। ती ब्यक्ति देबर्षी नारद रहेछन्।ती सिधै इन्द्रसेन सामु आयिपुगेछन्। आफ्नो दरबारमा यसरी नारद मुनी जस्तो ऋषिलाई पाऊंदा राजा इन्द्रसेन हर्सोल्लाषित भएर उनलाई प्रणाम गरी उनको पाउ पखालेर राम्रो स्वागत-सत्कार गरेछन्। आफुलाई यस्तो सुबर्ण अब्सरको अनुकम्पा भएकोमा इन्द्रसेनले नारदप्रति अनुग्रहपनि ब्यक्त गरेछन्।नारद ऋषि राजाको आतिथ्य सेवाबाट अति प्रसन्न भएर उनले राज्यका सात अङ्ग(१)राजा स्वयम् बारे (२)उनको मन्त्रीमण्डल बारे (३)राज्यकोष(ढुकुडी)बारे (४)सैन्यशक्ति बारे (५)राज्यका सहायक अङ्गहरु बारे (६)यज्ञ-यज्ञादि र ब्राह्मणहरु बारे (७)राज्यको उन्नति-प्रगतिका लागि समर्पित अन्य बिभिन्न अङ्गहरु आदिको बिषयमा एक-एकगरी सोधेछन्। देवर्षी नारदको प्रश्नको उत्तर दिंदै राजा इन्द्रसेनले आफ्नो राज्यको बर्तमान अवस्थाको हालखबर सबै राम्रो छ भन्दै उनले ऋषिश्रेश्ठ त्यहां आऊनुको तात्पर्य बारे जान्ने जिज्ञांसा राख्दै त्यसका लागि बिन्ति गरेछन्। अनि देवर्षी नारदले राजा इन्द्रसेनलाई आफु आऊनुको तात्पर्य बताउंदै भनेछन्---- एक पटक यमराजको निमन्त्रणामा देवर्षी नारद यमलोक जांदा त्यहां उनले उनका पिताले यहांको सबै हुलिया बताऊंदै अफ्नो पूर्बजन्ममा कुनै ब्रत-उपासनाको खण्डित हुनगएका कारणले गर्दाखेरि उनको शरीर पूर्ण बन्न नसकेर अहिले दुख पाईरहेको र मेरो छोराले यदि इन्दिरा एकादशीको ब्रत-उपासना बिधिवत सम्पन्न गरायिदिन सकेमा मैले पूर्ण शरीर प्राप्तगरी मोक्ष पाऊने कुरा सबिन्ति-बिस्तारपूर्बक बताएछन्। यो सुनेपछि नारदले पनि हुन्छ भनी उनलाई यो काम म आफै त्यहां गएर सम्पन्न गराऊन लगाऊंछु भन्ने खालको आस्वासन पनि दिएका रहेछन्। यहि कारणले गर्दाखेरि आफु अहिले यहां आऊनुपरेको तात्पर्य नारद ऋषिले बताएपछि राजा इन्द्रसेन अति खुशीहुंदै यस ब्रतको बिधिबारे बिस्तारितरुपले बतायिदिन नारदसंग बिन्ति बिसाएछन्। राजा इन्द्रसेनको बिन्ति स्वीकारगर्दै नारद ऋषिले अति खुशीहुंदै इन्दिरा एकादशीको ब्रतबिधि बारे राजा इन्द्रसेनलाई यसरी सुनाऊंन थालेछन् जो निम्नानुसारको छ----
#दशमी तिथिका दिन बिहान सबेरै ब्रह्म मुहुर्तमा(रातको ३,३० बजे)उठी स्नान,जप,आदि गरेर बिष्णु भगवानप्रति भक्तिभाव गर्ने।
#मध्यान्तर समयमा बगेको पानीमा पुन:स्नान गरी आफ्ना पित्रिहरुलाई बिधिवत तर्पण,पिण्ड,आदि प्रदानगरी उनीहरुप्रति भक्तिभाव दर्शाऊने।
#दिनमा एक छाकमात्र साकहारी भोजन गर्ने,र राती भूईंमा सुत्ने ।
#एकादशीका दिन बिहान सबेरै उठेर दांत,मुख,राम्रोसंग