कोबांग,मुस्तांग |
थकाली सेवा समिति नेपालका केन्द्रीय अध्यक्षमा गजेन्द्र तुलाचन निर्विरोध चयन भएका छन्। मुस्ताङमा बिहिबार सम्पन्न १३ औ महाधिवेशनले तुलाचनसहित २७ जना केन्द्रीय सदस्यहरु पनि निर्विरोध चयन भएका छन |
नेपाल निजामती सेवाबाट अवकास पश्चात तुलाचन निरन्तर रुपमा थकाली जातिको उत्थान र समवर्द्धनमा लागिपरेका व्यक्तित्व हुनुहुन्छ ! नवनियुक्त अध्यक्ष तुलाचन थ से स काठमाडौं क्षेत्रका पूर्व अध्यक्ष समेत हुन ।
अधिवेशन स्थल थाकसातसय तथा आदर्श अमरसिंह विद्यालय कोवांग, थासाङ गापा वडा नं. २ शिक्षाक्षेत्रमा निरिन्तर महत्त्वपूर्ण याेगदान पु-याए बापत समाजसेवी तथा पर्यटन व्यवसायी अर्जुनसिंह तुलाचनलाई पनि बिद्यालय तथा अधिवेशनले सम्मान पनि गरेको छ |
निर्वाचन समितिका संयोजक डा. ज्योति शेरचनका अनुसार महाधिवेशनले काठमाडौं क्षेत्रबाट ५,पोखराबाट ३, बुटवलबाट २, थासाङबाट २ दुई जना र जोमसोमबाट, दाना तातोपानी, वुर्तिवाङ, बेनी, दरवाङ, बाग्लुङ, भरतपुर, मुग्लिङ, भैरहवा, नेपालगञ्ज, बिरेठाँटी, कुस्मा, गल्कोट र स्याउलीवाङबाट एकएक जना केन्द्रीय सदस्यमा निर्विरोध चयन भएको बताउनु भएको छ |
समितिको संशोधित विधान २०७५ अन्तर्गत भूगोल र क्षेत्रगत समावेशीताको आधारमा भएको निर्वाचनमा १९ क्षेत्रका २६ जना केन्द्रीय सदस्य निर्विरोध चयन भएका हुन |
काठमाडौंबासी अध्यक्ष तुलाचन तथा सम्पूर्ण पदाधिकारीको कार्यकाल आगामी ३ वर्षसम्म रहनेछ |
केन्द्रीय सदस्यहरुको नामावली :
१) श्री माेहन कुमारी शेरचन - जाेमसाेम क्षेत्र
२) श्री कृष्ण कुमार शेरचन - थासाङ क्षेत्र
३) श्री बिमला शेरचन - थासाङ क्षेत्र
४) श्री नविन शेरचन - दाना तातोपानी क्षेत्र
५) श्री शंकर शेरचन - बेनी क्षेत्र
६) श्री अनुप गाैचन - दरबाङ क्षेत्र
७) श्री हर्क प्रसाद गाैचन - बाग्लुङ क्षेत्र
८) श्री ध्रुव शेरचन - बुर्तिवाङ क्षेत्र
९) श्री अेाम प्रसाद गाैचन - पाेखरा क्षेत्र
१०) श्री बिष्णु शेरचन - पाेखरा क्षेत्र
११) श्री शिव शंकर गाैचन - पाेखरा क्षेत्र
१२) श्री रञ्जित शेरचन - बुटवल क्षेत्र
१३) सुश्री माया गाैचन - बुटवल क्षेत्र
१४) श्री माेहन गाैचन - काठमाडौं क्षेत्र
१५) श्री सरस्वती शेरचन - काठमाडौं क्षेत्र
१६) श्री राज कुमारी गाैचन - काठमाडौं क्षेत्र
१७) श्री दिल बहादुर गाैचन - काठमाडौं क्षेत्र
१८) श्री शंकर गाैचन - काठमाडौं क्षेत्र
१९) श्री विरेन्द्र कुमार भट्टचन - भरतपुर क्षेत्र
२०) श्री शेर सिंह गाैचन - भैरहवा क्षेत्र
२१) श्री प्रदीप गाैचन - नेपालगञ्ज क्षेत्र
२२) श्री विकाश तुलाचन - मुग्लिन क्षेत्र
२३) श्री कृष्ण गाैचन - बिरेठाँटी क्षेत्र
२४) श्री राजु तुलाचन - पर्वत-कुश्मा क्षेत्र
२५) क्या. श्री बेल बहादुर गाैचन - गल्काेट क्षेत्र
२६) श्री भूपाल शेरचन - स्याउलीवाङ क्षेत्र
२७) श्री •••रिक्त (पछि पदपूर्ति) - टीकापुर क्षेत्र
( तरस्विर : सामाजिक संजाल )