गल्कोट समाज समेतलाई दोषी देख्ने अनुज केसीको फेसबूक लाइभमा कुनै सत्यता नभएको एक भ्रामक र ग़ैर जिम्मेबार “ सल्लाहकार भण्डारी

Everest Fuji News २०७७ आश्विन २३ मा प्रकाशित       Published at 2020 Oct 09



टोकियो |

 गल्कोट समाज जापानका सल्लाहकार विजय भण्डारीलाई विविध दोषी देखाइ समाज तथा अन्य व्यक्तित्वहरु समेतलाई अनेकन लाण्छना लगाउदै आएको अनुज केसीको फेसबूक लाइभका धम्कीपूर्ण शब्दहरुमा कुनै सत्यता नभएको बताएका छन | बिहिबार समाजले अकस्मात गरेको पत्रकार सम्मेलनमा सल्लाहाकार भण्डारीले भने “उसको तथ्यहिन र आधारहिन गतिबिधिमा जापानवासी नेपालीहरु अन्योलमा पर्न नहुने अनुरोध गर्दै उनले थपे” समाजमा वितण्डा मच्चाउने केसिलाई कुनै पनि नेपाली दाजु भाई तथा दीदी बहिनिहरुले उसलाई प्रोत्साहन गर्ने गतिविधि पनि नगरिदिनको लागि अनुरोध गरेका छन |  

जापान आउनुभन्दा पनि पहिले केसिका परिवारले यो केटो अली फरक प्रक्रृतिको मान्छे भएकोले भोली तपाईंहरुलाई पनि दु:ख दिन सक्ने पूर्व सुचना दिएको भयता पनि केसिका आफन्तले दु:ख पाएको केटोले जापानमा केही गरेर खाला भन्ने मनशायले जापान ल्याइ दिएको बताए |   मलाई बिना  कारण नानाथरी गाली तथा आरोप लगाँउदै आए पनि सहँदै आएको तर २,३ महिनादेखि म विरुद्ध लगातार जथाभावी बोल्दै मेरो चरित्र हत्या गर्दै लाइभ गर्ने केसिलाई साइबर क्राइममा पनि मुद्दा दिइसकेको जनाएका छन |

संरक्षक नर बहादुर थापाले सस्थाकालाई बिभिन्न आरोप लगाउनुको सट्टा टेबलमा बसेर छलफल गर्न बोलाएको अनुरोधलाई लत्याउदै उसले भ्रामाक कुराहरु फैलाउदै गएकोमा दु:ख लागेको बताए | 


त्यस्तै समाजका वरिष्ठ उपाध्यक्ष कालिका  थापाले समाजका सबैलाई दलाल भन्दै लाईभ गरेकोले स्वदेश तथा बिंदेशबाट वारम्वार फोन आउने गरेको बताउदै उनले यसकोलकृयाकलापबाट आँफै लज्जित हुनर परेको बताईन |   

अर्का संरक्षक बेलुकजी थापाले हामीले गल्कोट मात्रै नभै नेपालको हरेक ठाउको समस्यालाई सहयोग गर्दै आएको र जापानको पुरानो र सबैभन्दा बढी सदस्य रहेको यस प्रतिष्ठित समाजलाई बिभिन्न आधारहिन आरोपहरु लगाउदैमा कुनै असर नपर्ने बताए | उनले थपे “ यस्ता विकृतिहरुको उन्मुलन गर्नु तपाई हाम्रो साझा दायित्व रहेको बताए |

समाजले आयोजना गरेको कार्यक्रममा समाजका पदाधिकारी ओशाकाबाट आएका पदाधिकारीहरु दिलिप कंडेल ( सल्लाहाकार),दिलिप शर्मा ( सदस्य) र प्रेम पाण्डे सहित टोकियोबासीहरुको पनि बाक्लोउपस्थिती रहेको थियो |

कार्यक्रमामा फ्लोरबाट पत्रकारहरु र आयोजकको प्रनोत्तर गरी सम्पन्न भएको सो प्रेस भेलामा एनआरएन जापानका प्रवक्ता सिद्धार्थ श्रेष्ठ बाग्लुंग समाजका अध्यक्ष प्रेम कँडेलको पनि उपस्थिती रहेको थियो |



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.