टोकियो |
प्रेम प्रसाद कँडेलको अध्यक्षतामा बागलुङ समाजको तेस्रो अधिबेशनले पहिलो पटक ५ जना क्षेत्रिय उपाध्यक्ष सहित ३१ जना निर्विरोध कार्यसमिती चयन गरेको छ |
अतराष्ट्रिय ग़ैर आवासिय नेपाली संघका कोषाध्यक्ष महेश श्रेष्ठको प्रमुख आतिथ्यमा सो अधिवेशन सोलमारी मुरा हलमा सम्पन्न भएको हो । श्रेष्ठले पानसमा बत्ति बाली कार्यक्रमको उद्घाटन गर्नु भएको थियो | राष्ट्रीय गीतबाट सुरु भएको औपचारिक कार्यक्रममा सचिव राजु केसीले संचालन गरेका थिए |
५ जना क्षेत्रिय उपाध्यक्षहरुमा प्रेम प्र.आचार्य( हिरोशिमा), कृष्णसुबेदी( ओशाका ),यमकान्त कडेल ( योकोहामा ),बिरोध चालिसे ( टोकियो), )गुरु प्रसाद सापकोटा ( टोकियो) रहेको छ |
समाजका संस्थापक राजविन थापाले बाग्लुङ्मा हुँदा धौलागिरी एफ एम लगायत १५ वटा सस्थाहरु गठन गरी पत्रकारिताका साथ सामाजिक सेवामा पनि सकृय रहेको उल्लेख गर्दै उहाले विदेशमा पनि यस्ता गतिबिधिबाट अलग रहन नसकेको कारण बाग्लुङ समाज जापानको स्थापना गरेको कथन सुनाए |
बिहुंकोट समाजका निवर्तमान अध्यक्ष पं.देबिलाल सुबेदिले विगतका दिनहरुमा एनआरएन जापानले आयोजना गरेको फेस्टिबलमा कसैसँग पनि दक्षिणा नलिई जनै लगाउने काम लगायत थुप्रै धार्मिक कार्यहरु गरेको तर काम गरे अनुसार मुल्याङ्कन नभएकोले यस्ता सकारात्मक काम प्रती उदाशिन हुने बताए | कुनै पनि सस्था तथा पत्रकारहरुले पनि पुनर्मुल्याङ्कन गर्नु पर्ने बताए |
निवर्तमान अध्यक्ष सिद्धार्थ श्रेष्ठको सभापतित्वमा सम्पन्न सो अधिबेशनमा संस्थाका संरक्षक,सल्लाहाकार तथा विभिन्न संघ सस्थाका प्रतिनिधिहरुले आ-आफनो मन्त्यव्य राखेका थिए ||
प्रेम प्रसाद कँडेलको अध्यक्षताका पदाधिकारीहरु:
१)प्रेम प्र.आचार्य( हिरोशिमा)
२)कृष्णसुबेदी( ओशाका )
३)यमकान्त कडेल ( योकोहामा )
४) बिरोध चालिसे ( टोकियो )
५)गुरु प्रसाद सापकोटा ( टोकियो)
६)महासचिव:राजु केसी
७)सचिव:सुनिता श्रिस मगर
८)शोभा केसी
९)कोषाध्यक्ष: विष्णु सापकोटा
१०)सहकोषाध्यक्ष:भूपेन्द्र सापकोटा
११)प्रवक्ता: चेतन पौडेल
महिला संयोजक::
१२)बिना खड्का
युवा संयोजक::
१३)बसन्त आचार्य
सहित ३१ कार्यसमिति चयन गरेको हो ।