पत्रकारिता पेशामा आफ्नै मर्यादाक्रम भित्रै बस्नुस् : एनआरएनए उपाध्यक्ष भवन भट्ट

Everest Fuji News २०७३ भदौ २३ मा प्रकाशित       Published at 2016 Sep 08


imageभदौ-२३ जापान। गैर आवासिय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय समितीका उपाध्यक्ष भवन भट्टले " म आफै संचार र संचार जगतलाई अत्यन्तै माया गर्ने व्यक्ती हुँ , यद्दपी यस्ता स - साना भ्रामक समाचारले मानिसको चरित्रमा यतिका असर गर्दछ कि उसले समाज र राष्ट्रको लागि आजीवन गरेको निस्वार्थ त्याग र तपस्या माटोमा मिल्न जान्छ। ' भन्दै दुखेसो पोख्नु भएको छ । नेपाल ब्रिटेन डट कम मा उल्लेखित समाचार भुकम्प पीडितको नाममा उठाइएको रकम आफ्नो को निजी खाता नभएको प्रमाण पेश गर्दै उहाले " मैले नै नेपालमा महाभुकम्प गएको १ घण्टा भित्रै १ करोड अनुदान दिने घोषणा गर्दै जापानबासी नेपाली दाजुभाइ दिदी बहिनी हरुलाई राहत सन्कलन को लागि अनुरोध गरेका थिए ।" उहाले प्रश्ट्याउनु भयो । राहात अप्रत्यासीक रुपले उठेको रकम आफ्नो निजी खातामा नभै संस्थागत तवरले नै एनआरएन जापानको जापान बैंकमा सुर्क्षित रहेको तर यस्लाई संस्थाको आन्तरिक विबिध कारणले निकासा गर्न नसकिएको गैर आवासिय संघ जापान ले उल्लेख गरेको छ । केही वर्ष अगाडि एनआरएन जापान कै समाचारलाई लिएर संचारकर्मी कुटिदा नेपाल ब्रिटेन डट कम का सम्पादक चिरण शर्माले ' एनआरएन जापानका गुण्डा नाइकेहरु " सम्बोधन गरी समाचार प्रकाशित गरिएको थियो भने , गलत समाचार सम्प्रेषण गर्ने पत्रकार महोदयलाई के भनेर सम्बोधन गर्ने गर्ने ? भन्दै उहाँलाई नै जापानवासी नेपालीहरुले प्रश्न गर्न थालेका छन ।, नेपालको यातायात क्षेत्रमा अत्यन्तै आशाको साथ हेरिएको ' नेपाल पुर्वाधार बिकास कम्पनीका अध्यक्ष सम्मेत रहनु भएका भट्टले ' आन्तरिक छलफलमा भएका यथार्थहरुलाई मिडियाबाजी नगर्न अनुरोध गर्दै उहाले यसले गर्दा समस्या समाधान होइन कि बल्झ्याउने तिर इङगीत गर्छ । " थप्नु भयो । जापानका सफल युवा व्यवसायि उहाका १७५ भन्दा बढी रेस्टुरन्ट , रेमिट्यान्स, ट्रावल ट्रेड, लगायत बिबिध क्षेत्रमा लगानी भएका उहाका कम्पनीमा जापानी लगायत नेपाली हरु करिब ३ हजार जती लाई रोजगार दिन सफल उहालाई "युवा आइडियल " भनेर पनि चिन्ने गर्दछन यद्दपी नेपाली र समाजको दु:ख सुख प्रती एकदमै चासो राख्ने व्यक्तित्व को रुपमा पनि पारीचित हुनु हुन्छ । image गैर आवासिय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय समितीका उपाध्यक्ष भवन भट्टद्वारा जारी प्रेस विज्ञप्ति जस्ता कै तस्तै : नेपाल ब्रिटेन डट कममा ६ सेप्टेम्बर २०१६ मा 'भूकम्प पीडितको ३ करोड रुपैयाँ एनआरएन उपाध्यक्ष भट्टको निजी खातामा' शीर्षकको समाचार प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । गैरआवासीय संघका सम्मानित अध्यक्षको समेत तस्विर राखी प्रसारित उक्त समाचारबाट एनआरएनए आइसिसिका जिम्मेवार पदमा रहेका व्यक्तिद्वारा संस्थाको गोपनियतालाई ख्याल नगरी र संस्थाको मर्यादा समेतमा आँच आउने गरी गलत नियतबस बैठकका आन्तरिक छलफलका विषयहरु मिडियामा ल्याउन खोजिएको देखिन्छ । सो समाचारमा उल्लेख गरिएको विषय र रकम दुवै गलत र भ्रामक रहेको कुरा म सबैमा जानकारी गराउदै उक्त भ्रमपूर्ण समाचार प्रति खेद प्रकट गर्दछु । संपूर्ण एनआरएन र यस संस्थाका शुभचिन्तकहरुलाई प्रस्तुत समाचारको भ्रममा नपर्नुहुन पनि हार्दिक अनुरोध गर्दछु । सत्य तथ्य केहो भने मेरो संयोजकत्वमा एनआरएन जापान सहित जापानमा रहेको सिंगो नेपाली समूदायमा क्रियाशील राजनीतिक दलहरुका भातृसंगठन तथा सामाजिक संघसंस्थाहरुका अगुवाहरु सम्मिलित भूकम्पपीडित राहत तथा सहयोग समिति निर्माण भएको थियो । यस समितिको जापान स्थित जापान पोष्ट बैंकको आफ्नै खाता रहेको र उक्त खातामा जापानी येन २ करोड ३० लाख १ हजार ७०३ हाल मौज्दात रहेको जानकारी गराउन चाहन्छु । कसैले यसको गलत उपयोग वा दुरुपयोग गर्न सक्ने अवस्था नरहेको र म एनआरएनए आइसिसिको उपाध्यक्ष रहेका कारण सो रकम मैले मात्रै चाहे अनुसार उपयोग नहुने कुरा सबैमा अवगत गराउन चाहन्छु । यति हुँदाहुँदै पनि त्यतिखेरै समितिका साथीहरुलाई आस्वस्त पारी ३ करोड जापानी येन एनआरएनए आइसिसिको नेपालको खातामा पठाइएको थियो । बाँकी रकम पनि एनआरएनए आइसिसिकै पहलमा आगामी दिनमा हुन गैरहेको पुनरनिर्माणका कार्यमा नै सहयोग हुने गरी पठाउन मेरा तर्फबाट आवश्यक पहल भैरहेको पनि जानकारी गराउन चाहन्छु । स्मरणरहोस् संघको स्थापनाकाल देखि नै म अविरलरुपमा संघको अभियानमा तन मन र धन सहित जुटिरहेको छु । संघको जापान समितिको सदस्यदेखि अध्यक्ष सम्म र आइसिसिको कोषाध्यक्षदेखि उपाध्यक्षको दोस्रो कार्यकालको जिम्मेवारी सम्हाली रहेको छु । यो संगठन नितान्त सामाजिक भएको र त्यहाँबाट केही लिन नभएर दिन जाने भन्ने कुरा मैले राम्रोसँग बुझेको छु । यसै अनुसार नै नेपालमा भूकम्म गएको २ घण्टा भित्रै समिति गठन गर्न पहल गरी आफ्नो तर्फबाट तत्काल नेरु एक करोड दिने घोषणा गरेको सर्वविदितै छ । तसर्थ यस्ता गलत कुराहरु तिर ध्यान दिनु भन्दा संस्थाप्रति जिम्मेवार र शुभचिन्तक साथीहरुलाई म संस्थाको सर्वोपरि हित र ५० लाख भन्दा बढी गैरआवासीय नेपालीहरुको मात्रै नभएर सम्पूर्ण नेपालीहरुको आशाको केन्द्र रहेको संघको एकतामा जोड दिनुहुन अनुरोध गर्दछ । संघ भित्रबाट हुने यस किसिमका गैरजिम्मेवार कार्यहरुलाई निरुत्साहित गर्न संघका सम्पूर्ण अभियन्ताहरुमा विशेष आग्रह गर्दछु । भवदीय भवन भट्ट image


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.