गुल्मेली समाज जापान को तीज तथा दर खाने कार्यक्रम सम्पन्न
Everest Fuji News२०७३ भदौ १३ मा प्रकाशितPublished at 2016 Aug 29
गुल्मेली समाज जापानले हिन्दु नारीहरुको महान चाड तीज तथा दर खाने कार्यक्रम टोक्यो स्थित कामाता खाइकान को सभाहल मा बृहत भेलाका साथ सम्पन्न गरेको छ ।
सा - साना ३ जना नानी हरु लाई दर ख्वाएर सुरु भएको सो कार्यक्रम मा जनसम्पर्कका रोशन के.सी , गल्कोट समाजका नर बहादुर थापा , एन आर एन आइ सि सि का कपिल देब थापा लागायत अन्य ब्यक्तित्व हरुले पनि तीजको महिमाको बारेमा बोलेका थिए ।
समाजले विषेश बिधामा योगदान दिने व्यक्तित्व हरुलाई खादा लगाई सम्मान गरेको थियो । वरिष्ठ डि .जे .जोहन छ्न्त्याल को तीज प्रस्तुती ले कार्यक्रममा थप रौनकता थपिएको थियो ।
समाज का अध्यक्ष शालिकराम भण्डारीले बिगत देखि अहिले सम्म तीज कार्यक्रम लाइ निरन्तरता दिदै आएको वताउदै आमन्त्रित सबै जनालाई धन्यवाद तथा आभार व्यक्त गर्नु भएको थियो ।