रामेछाप समाज जापानको प्रथम अधिवेशन सम्पन्न
टोकियो । विभिन्न पेशा ,ब्यवसाय ,अध्ययनको सिलसिलामा जापान आई बसेका रामेछपेलिहरुको साझा सस्था रामेछाप समाज जापानको प्रथम अधिवेशन सम्पन्न छ ।
अगष्ट २८ तारिख आईतवार समाजको प्रथम अधिवेशनबाट उत्तम श्रेष्ठलाई सर्व सहमती अध्यक्षमा चयन गरेको छ । सो अधिबेशन्बाट ३ उपाध्यक्षहरुमा रिजन लामा , सोम बहादुर लामा, लामा , मनोज थिङ ,महासचिबमा शिक्षा शान्ती वाइबा ,२ सचिबहरुमा जानुका श्रेष्ठ , शशिकला मोक्तान , कोषाध्यक्षमा पुर्णसिङ लामा ,सदस्यहरुमा नबिन बस्नेत ,तेज लामा ,प्रकाश श्रेष्ठ , बिनुका खड्का , यज्ञ राज श्रेष्ठ , बाल कृश्ण श्रेष्ठ, को आन्रक्ष्कमा सोम शेर्पा र सल्लाहकारहरुमा निकेश श्रेष्ठ , पशु बस्नेत , कर्मा लामा , सुरेन्द्र श्रेष्ठ , शान्त पहरी , चन्द्र मान लामा रहेका छन ।
सो रामेछपेली कार्यक्रमले रामेछापको विकासमा सकिने सहयोग गर्ने र जापानमा रामेछापेलीहरु संगठित गर्दै लैजाने समेत छलफल भएको छ । एनआर एन ए जापानका सचिब बुद्दी राज घिमिरे को प्रमुख आतिथ्यता मा सम्पन्न सो भेलामा विभिन्न संघसंस्थामा आबद्ध रामेछापका अग्रजहरुको समेत सहभागि रहेको थियो ।