बिनोद चन्दको अध्यक्षमा सुदूरपश्चिमेली समाज जापानको 'सेन्दाई'क्षेत्रीय कार्य समिति गठन

Everest Fuji News २०७३ भदौ ६ मा प्रकाशित       Published at 2016 Aug 22


imageसुदूरपश्चिमेली समाज जापानको 'सेन्दाई'क्षेत्रीय कार्य समितिको गठन गरिएको छ । बिनोद चन्द लाई अध्यक्षमा चयन गर्दै १६ सदस्यीय कार्य समितिको गठन पनि गरिएको आइतबार सेन्दाइमा आयोजित सुदुरपश्चिमेलीको एक भेलाले चन्द लाई अध्यक्षमा चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा रमेश भट्ट चयन भएका छन् । त्यसैगरी सचिबमा जया चन्द चयन भए भने सह-सचिबमा मोहन भट्टलाई चयन गरिएको छ । कार्यसमितिको कोषाध्यक्षमा प्रकास महता चयन भएका छन् । कार्यसमितिको सदस्यहरुमा क्रमश: उद्धब चन्द , सपना चन्द ,पंकज चन्द , बिक्रम चन्द,प्रकाश जोशी ,संजिप पाण्डे ,खेमराज क्षेत्री , राजेन्द्र अवस्थी , आयुष भट्ट, राजेन्द्र पाण्डे र पदम साउद सर्बसम्मत चयन भएका छन् । सेन्दाईमा रहेका सुदूरपश्चिमेली बीच एक आपसमा आपसी सहयोग एकता तथा भाइचारा अभिवृद्धि गर्ने उद्धेश्यले समाज गठन गरिएको अध्यक्ष बिनोद चन्दले बताएका छन्। यसैबीच सुदूरपश्चिमेली समाज जापानका अध्यक्ष पूर्ण चलाउनेले सेन्दाइमा गठित नया कार्यसमिति लाई बधाई दिदै खुसि ब्यक्त गरेका छन्। सुदुरपश्चिमेली समाज जापानको यो दोश्रो क्षेत्रीय कार्यसमिति हो। यस भन्दा अघि समाजको फ़ुकुओका क्षेत्रीय कार्यसमितिको गठन गरिएको थियो ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.