धादिङ समाजको दोश्रो अधिवेशन सम्मपन्न,अध्यक्षमा कृष्ण प्रसाद खनाल

Everest Fuji News २०७३ भदौ ५ मा प्रकाशित       Published at 2016 Aug 21


image२१,अगस्ट, टोकियो । धादिङ समाज जापानको दोश्रो अधिवेशन सम्पन्न भएको छ । कृष्ण प्रसाद खनालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दै,आईतबार,टौकियोको सिनओकोबु स्थित नेपाली मुरा हलमा, सो अधिवेशन सम्पन्न भएको हो ।

अधिवेशनले समाजका विगतका गतिविधिहरुमाथी छलफल गर्दै, समाजलाई अझ प्रभावकारी रुपमा अगाडी बढाउने प्रतिवद्धताका साथ, अध्यक्ष कृष्ण प्रसाद खनालको नेतृत्वमा १५ सदस्यीय कार्य समिति चयन गरेको छ । जसमा,उपाध्यक्षहरु, श्यामहरि तिमिल्सिना,लक्ष्मी पाण्डे र बिनोद खतिवडा रहेका छन् । त्यस्तै महासचिवमा दिनेश लोहनी,सचिबमा बिमल श्रेष्ठ र कोषाध्यक्षमा राम सिंखडा चयन भएका छन् । सदस्यहरुमा, बिष्णु कुमार श्रेष्ठ,सुमन थापा,साजन बस्ताकोटी,अनिता तिमिल्सिना,शंकर रिमाल,सन्तोष तिवारी, पार्वती ढकाल‘न्यौपाने’ र फणिकान्त आचार्य रहेका छन् । अधिवेशनको खुल्लासत्रमा, प्रमखु अतिथि डा होमबहादुर रिजालले आफ्ना अनुभवहरु राख्दै,संस्थालाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । त्यस्तै संस्थापक तथा निवर्तमान अध्यक्ष तेजप्रसाद अर्यालले पनि हालसम्म आफुले पदमा रहेर सकेको काम गरेको र अव पद बाहिर रहेर पनि सक्दो सहयोग गरिरहने बताए । अधिवेशनको संयोजन निवर्तमान महासचिव राजेन्द्र श्रेष्ठले गरेका थिए भने निवर्तमान उपाध्यक्ष अनुज थापाले निर्वाचन समितिको संयोजन गरेका थिए । धादिङ समाज,धादिङ जिल्ला का विभिन्न स्थानहरुबाट आएर , विभिन्न उद्देश्यले जापानमा बासोबास गर्दै आएका धादिङेहरुलाई एकत्रित गरी उनिहरुका, भईपरी आउने समस्याहरु समाधान गर्ने तथा धादिङका भौतिक विकास एवं सामाजिक क्षेत्रमा योगदान दिने उद्देश्यले सन २०१३ मा स्थापना भएको हो ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.