जापानमा २ दशकभन्दा बढी सकृय संस्था तथा एन आर एन जापान भन्दा व्यक्तिगत तवरबाट रमेश तामाङको शब नेपाल
लैजानको लागि सहयोगी हातहरु बढी जुटेको छ। फुङ्वारी डाइनिङ, कि गुनिमाया गुरुङको सकृयतामा करिब ११ मान र एसियन बजार 'बुद्ध ' हलाल फुड, इकेबुकुरो कि दिनु गुरुङको पहलमा करिव ६ मान गरी १७ मान जती समाजका अधक्ष्य तथा सहयोग समितिका सँयोजक कर्म वाङगेल लामालाई एकमुष्ट रुपमा हस्तान्तरण गरेको छ ।
सोही दिन क्योदाइ तथा आईएमआई रेमिट्यान्सका कार्यकारी प्रमुख किमोतो युईचिरोले कार्यालयको तर्फबाट र आफ्नो व्यक्तिगत तर्फबाट पनि आर्थिक सहयोग गर्नु भएको छ । तेस्तै अर्का वरिष्ठ समाजसेवी तथा 'गोबिन्द मैनाली बचाउ ' का अभियन्ता राजन प्रधानाङ्गले पनि आर्थिक सहयोग तथा अन्य कृयाकलापको लागि सकृयता देखाउनु भएको छ ।
"रमेश तामाङ मेरो छोरा जस्त्तै लाग्थ्यो, छुट्टी भयो कि मेरो रेष्टुरन्टमा आएर रमाइलो गर्ने, गीत गाउँने , गीतार बजाउने गर्थ्यो, मान्छे धेरै भलादमी थियो, दैवले लग्यो,मलाई त पत्यार नै लागेको छैन ।" भावुक हुँदै गुनिमाया गुरुङ्ले एबरेष्ट फुजिन्युज डट कमलाई भन्नु भयो ।
केही समय अघी मुटुको भल्वको शल्य कृया गरी अझै विश्राम अवस्थामा रहेकी भिमा कुमारी श्रेष्ठ लगायत थकाली भान्छा ' आगन' का म्यानेजर रुपक बुढाथोकीले पनि व्यक्तिगत तर्फ बाट आर्थिक सहयोग गर्नु भएको छ ।
संघ संस्थाहरुमा नेवा अन्ताराष्ट्रिय फोरम, जापान, एनआआरएन, जापान , वि फर अल, नेपाली साझा समाज, गुन्माकेन, जन जाती महासंघ , तमु धि जापान, थ से स जापान बाट पनि आर्थिक सहयोग आएको बताउनु हुँदै टोक्यो तथा टोक्यो बाहिरको क्षेत्रमाबाट पनि सहयोगको आश्वासन आईरहेको लामाले बताउनु भएको छ ।
रमेश तामाङको शवको अवस्था :
शनिवारको २ बजे तिर मृत्यु भएको अस्पतालमा इन्भालमिना गरी रिसु सेन्टर , शिन्किबामा सारीएको छ । जहा
नेपाल लैजानको लागि तयारी गरीरहेको छ ।
शिन्किबामा स्टेशन
सिनकिवा ४-६-१३
फ्री डायाल : ०१२०-३७३-९५९ रहेको छ ।
नेपाल तामाङ समाज, जापानको अपिल :
(1)पार्थिव शरीर लाई मंगलबार २३ को १ बजे नेपाल पठाउने भएकोले सोही दिनको बिहान ९ बजे जापानबासी दाजुभाइ " दिदिबहिनी हरुलाई समय र इच्छा हुने सबैलाई श्रद्दान्जली कार्यक्रममा सहभागी हुन को लागि अनुरोध गरेको छ ।
(२) सबै क्षेत्रमका जापानबासीहरुलाई जे जती म्रितकको नाममा उठाइएको सहयोग भय पनि यही २२ तारिखको १२ बजेबाट बन्द गरिने भएकोले सो समय भित्रै हुलाक बैंक मार्फत दाखिला गरी दिनको लागि पनि समाजले अपिल गरेको छ ।