"नेपालमा पर्यटन प्रबर्द्धनका लागि नेपालको भेष, भुषा, रहन सहन अबलोकन गर्नको लागि जापानीहरुलाई पनि निम्तो दिनु होस् जसले पर्यटकहरुलाई आकर्षित गर्न सके नेपालको आर्थिक ब्रिध्दीदरमा सहयोग पुग्नेछ।"उक्त भनाइ नेपालबाट केही समय अघी आउनु भएका जापानका लागी नेपाली कार्यवाहक राजदुत कुल चन्द्र अर्यालले गत आइतवार सम्पन्न तमु धि जापानद्वारा आयोजित २० औ रोधी साँझ कार्यक्रममा प्रमुख अतिथिको आसनबाट व्यक्त गर्नु भएको हो ।
त्यस्तै अर्का वक्ता एनआरएन आईसिसीका भवन भट्टले नेपालीको कुनै पनि कार्यक्रम जापानी पर्यटकलाई लक्षित गरी सन्चालन गर्नु भएमा सुनमा सुगन्ध हुने विचार व्यक्त गर्नु भएको छ ।
तमु धि जापानका अध्यक्ष श्री गुरुङले "हामी स्थापनाकाल देखी बर्तमानसम्म निरन्तरतरता दिनका लागि विभिन्न चुनौतीहरु पार गर्दै आजसम्म समाजमा आपसी भाईचारा , सद्भाव , भईपरी आउने समस्या , कला, सँस्क्रिती जगेर्ना गर्ने उद्देश्यले खोलिएको यस तमु धि जापानले आगामी कार्यकाललाई पनि निरन्तरता दिने जमर्को गरेका छौ । " भन्नु भयो ।
पूर्व अध्यक्ष ओम प्रकाश गुरुङ र पुनम गुरुङले को उद्घोषण रहेको उक्त कार्यक्रममा एनआरएनका जापानका अध्यक्ष्य सुदन थापा , आदिवासी जनजाती महासंघ, जापानका अध्यक्ष पासाङ शेर्पा लगायत अन्य व्यक्तित्वन्हरुले पनि बोलेका थिए ।
गुरुङ जातिको मौलिक नाच कौडा लागायत अन्य तमु गीत तथा नाचले दर्शकलाई भरपुर मनोरन्जन दिएका थिए भने हिट्स एफ एम तथा कान्तिपुर एफ एम म्युजिक अवार्ड मा मनोनित तथा गोत " खनी है ह्यामु है ? कान्छा , खनी है ह्यामु है ? ? बोल को गीत पनि पनि प्रस्तुत गरिएको थियो ।
खेम गुरुङ ले 'यहाँ देशको छ चिन्ता 'बोलको गीतले सबैलाई भन्यो बनाएको थियो ।
उक्त रोधी साँझमा अतिथि कलाकारहरुमा आधुनिक गजल गायक दिपु न्यौपाने,दोहोरी गायिका शान्ति सुनार,चिजा तामांग साथै स्थानीय कलाकारहरु अमर गुरुङ र टासी लामाको सुमधुर स्वरले दर्शकलाई मनोरंजन दिएका थिए ।
कोरियाग्राफी तथा सांस्कृतिक संयोजक आरमान गुरुङको नेतृत्वमा अन्जु गुरुङ,ज्योति गुरुङ,कुमारी गुरुङ,प्रियंका चोखाल,रीना लिम्बु,सुमी गुरुङ,अम्बिका गुरुङ,कल्पना लामा,रिता गुरुङ,शुष्मा गुरुङ र समिर गुरुङले सालैजो, समावेश गरि रोधीं प्रथा झल्कने किसिमले दर्शकहरुलाई भरिपुर्ण मनोरंजन दिलाएका थिए ।