अमेरिकाको न्युहाम्सेयर राज्यमा एक नेपाली महिलाको मृत्यु -

Everest Fuji News २०७३ श्रावण ३१ मा प्रकाशित       Published at 2016 Aug 15


imageअलवामा (अमेरिका) -नेपाल पाँचथर घर भई बिगत २ वर्षदेखि अमेरिकामा स्थायी रुपमा बसोबास गर्दै आइरहेकी बर्ष ३४\३५ कि मनु दुलाल, प्रसाईको २०१६ -अगस्ट १३ मा न्युह्याम्सायर शहरको इलिओट अस्पतालमा दु:खद निधन भएको छ | सन् २०१४ मा डिभी परेर श्रीमान नरेश प्रसाई र एघार बर्षको छोरा निसम र पाँच बर्षिया छोरी निष्ठा सहित मनु अमेरिका प्रबेश गरेकि थिईन् | ११ तारिख बिहीबार परेको छोरी निष्ठाको जन्मदिनमा उनि खुशी देखिन्थिन् | यसअघि उनमा खासै कुनै त्यस्तो संबेदनशील स्वास्थ्य समस्या देखिएको थिएन | अगस्ट १२ तारिख, शुक्रबार बिहानै अचानक अस्वस्थ महसुस गरेपछि उनले त्यो दिन कामबाट छुट्टि लिएकि थिईन् | त्यो दिन फोनमा आफ्ना आफन्त र साथिहरुसँग कुरा गर्दै सन्चो नभएको बताएकी थिइन् | त्यसैदिन दिउँसो ४ बजे नुहाउँन बाथरुम पसेकी उनि नुहाउँन नसक्ने अबास्था भएपछि गाह्रो मान्दै बाहिर निस्किएकि थिईन् | उनको स्वास्थ्य अबस्थाले एकाएक नाजुक अबस्था लिएपछि ईमर्जेन्सी कल गरेर तत्कालै एम्बुलेन्समा राखेर उनलाईअस्पताल पुर्याइएको थियो | अधिल्लो दिन पक्षाघात हुनसक्ने संभावना छ भनेको इलियोट अस्पताले त्यसको भोलिपल्ट १३ तारेख उनलाई मृत घोषणा गरेको थियो । आमाको मृत्युमा रोइरहेका नाबालाक छोराछोरीको दृश्य साह्रै नाजुक देखिन्थ्यो भने मनुका श्रीमान नरेश प्रसाई यो अप्रत्यासित गहिरो चोटले अत्यान्तै विक्षिप्त र अचेत जस्तै भएका थिए । अस्पताल सुत्रका अनुसार मृतक मनुलाई ब्रेन स्ट्रोक भएको बताइएको छ । प्रायः पाको मान्छेलाई हुने यस प्रकारको ब्रेन स्ट्रोक यो उमेरमा अत्यान्तै नगण्य हुने डाक्टरहरूको भनाइ रहेको छ । मृतक घोषणा गरे लगत्तै अस्पताल परिसरमा ठुलो संख्यामा नेपालीहरु जम्मा भएका थिए | अमेरिका प्रबेश गरेपछि अमेरिकाको अलबामा राज्यको हन्ट्सभिल सहरमा बसोबास गर्दै आएका उनिहरू यही बर्ष सन् २०१६ जनवरीदेखि अमेरिकाको न्युहाम्सेयर राज्यमा बसाईसरेका थिए | image


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.